काठमाडौं– बाजुरामा १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन्।
थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।
पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण कार्य भइसकेको र बाँकी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।