एडिलेट– अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले अस्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ। मंगलबार भएको खेलमा भारतले ६ विकेटको जित हात पारेको हो। जितसँगै ३ खेलको सिरिज १–१ को अवस्थामा आएको छ।
अस्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य भारते ४ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पार गर्यो। उसका लागि कप्तान विराट कोहलीले १ सय ४ रन जोडे। कोहलीले ३९औं एकदिवसीय शतक प्रहार गरेसँगै भारत बलियो अवस्थामा पुगेको थियो। यस्तै महेन्द्रसिंह धोनीले नटआउट ५५ र दिनेश कार्तिकले नटआउट २५ रन जोडे। बलिङमा अस्ट्रेलियाका बेरेनड्रोफ, जे रिचार्डसन, स्टोइनिस र म्याक्सवेलले १–१ विकेट लिए।
त्यसअघि अस्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९८ रन जोड्यो। उसका लागि साउन मार्सले १ सय ३१ र म्याक्सवेलले ४८ रन जोडे।
बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने मोहमद सामीले ३ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।