काठमाडौं– हङकङमा रहेका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गरेका छन्। गुरुङले हङकङबाट पठाएका सामग्री सोमबार प्रदेश ३ लाई प्रदान गरिए हो।
गुरुङको तर्फबाट मनोज खड्गीले चेस्ट कभर प्रदेश ३ लाई प्रदान गरेका छन्। प्राप्त सामग्री प्रदेश अन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो संघ प्रदेश ३ का संयोजक केशव पुरीले जानकारी दिए। प्रदेश ३ को कार्यालय मानभवनमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष केशव पुरी, उपाध्यक्ष पूर्व एआइजी माधव नेपाल, महासचिव राजेश प्रजापति लगायतका सदस्यको उपस्थिति थियो।

हङकङमा बस्दै आएका तेक्वान्दो मास्टर गुरुङले यसअघि पनि नेपाली खेलाडीलाई र विभिन्न दोजाङलाई सहयोग गर्दै आएका थिए। गुरुङ हङकङमा आफ्नै दोजाङमा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण गराउदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।