• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कर्णालीमा बढ्दै मातृ मृत्युदर, सुत्केरी बचाउन प्रदेश सरकारकाे \'हेलिकप्टर चार्टर्ड\' अभियान

64x64
नेपाल लाइभ मंगलबार, माघ १, २०७५  ०८:३३
1140x725

लक्ष्मी भण्डारी/रासस


वीरेन्द्रनगर– सुर्खेतको गुर्भाकोट नगरपालिका–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो। सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आएकी उनले सुत्केरी भएको नवौं दिनमा ज्यान गुमाउनुपर्यो।

स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो।

‘सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,’ गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भने।

यस्तै, सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रदेश अस्पतालमा मृत्यु भयो। गत जेठ २६ गते प्रदेश अस्पतालमा भिडियो एक्सरे गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रै देखिएको थियो। सोही दिन राति एक्कासि सुत्केरी व्यथाले च्यापेपछि उनलाई अस्पताल लगिएको थियो। राति १ बजे शल्यक्रिया गरेपछि उनको मृत्यु भएको निशाकी दिदी सुनकेशा परियारले बताइन्।

‘भिडियो एक्सरे गर्दा चिकित्सकले आमा र बच्चाको अवस्था राम्रै छ भनेपछि हामीले अन्यत्र लगेनौँ’, उनले भनिन्, ‘एक्कासि चिकित्सकले बच्चा मरेको छ शल्यक्रिया गर्नुपर्छ भने, पछि आमालाई बचाउन सकिएन भने।’ चिकित्सकको लापर्बाहीले बहिनीको ज्यान गएको सुनकेशाको आरोप छ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामा हुने यस्ता खालका लापर्बाहीबाट सुत्केरीको ज्यान जाने गरेको छ। पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन्। कतिपयको स्वास्थ्य संस्थामा पुर्याउने क्रममा बाटोमै ज्यान जाने गरेको छ।

यस्तैमध्येकी एक हुन् सुर्खेतकी कविता परियार। समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसक्दा परियारको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपछि जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाउने क्रममा उनको मृत्यु भएको स्थानीयवासी निर्मला केसीले बताइन्। उनले भारतमा गएर असुरक्षित गर्भपतन गराएकी थिइन्। नजिकको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि उनलाई जिल्ला बाहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

तस्बिर-दुधारी धामी (२४) हुम्ला, मैला


चिकित्सकको लापर्बाहीले होस् या बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा होस्, कर्णाली प्रदेशमा वर्षेनी धेरै सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ। ५ वर्षयता कर्णाली प्रदेशमा १ सय १५ महिलाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार आव २०७०/७१ मा ३३, २०७१/७२ मा १४, २०७२/७३ मा १३, २०७३/७४ मा १८ तथा आव २०७४/७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन्।

मातृ मृत्युदरको कारण असुरक्षित गर्भपतन

Xtrem

Xtrem

सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छन्। अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ। त्यसकारण पनि नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिक कम विश्वास गर्छन्। सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठ बताउँछन्।

तस्बिर- भावना बुढा (२२) हुम्ला, मैला


पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्काको दाबी छ। ‘भारत गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ, यसले सुत्केरी अवस्थामा जटिलता ल्याउने गरेको छ,’ उनले भनिन्, ‘यस क्षेत्रमा रक्तअल्पताका कारण तथा समयमै स्वास्थ्य संस्थामा नजाँदा महिलाको ज्यान जाने गरेको छ।’

सुत्केरी बचाउन हेलिकप्टर चार्टर्ड

कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर्ड गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन थालेको छ। भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो। प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ।

कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर्ड गरी अस्पताल पुर्‍याएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए। ‘कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हौं’, उनले भने, ‘अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ।’ 

पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताए। कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पुर्‍याउन थालिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०७५  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्