म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले वुल्भ्सलाई पराजित गरेको छ।
सोमबार राति भएको खेलमा १० खेलाडीमा सीमित वुल्भ्समाथि सिटीले ३-० गोलको जित निकालेको हो। खेलको दशौं मिनेटमा गाब्रियल जेससले गोल गरेर सिटीलाई अग्रता दिलाए। १९ मिनेटमा वुल्भ्स १० खेलाडीमा सीमित बन्यो। वुल्भ्सका बोली रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भए।
जेससले ३९ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे। ७८ मिनेटमा वुल्भ्सका कोएडीले आफ्नै पोस्टमा गोल गर्दा सिटी ३-० ले अघि बढेको थियो।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीले २२ खेलबाट ५३ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।