वार्सवा– पोल्यान्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
‘उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गडाङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने।
मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।