राँझा– भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको मित्रता घनिष्ठ रहेको बताएका छन्।
सीमावर्ती भारतीय शहर रुपेडीयामा आज भारततर्फको एकीकृत भन्सार जाँच चौकीको शिलान्यास गर्दै उनले एकीकृत भन्सार जाँच चौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि नेपालसँगको व्यापार अझ विस्तार हुनेमा गृहमन्त्री सिंहले आशा व्यक्त गरे।
नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपैडियामा निर्माण भइरहेका एकीकृत जाँच चौकी दुई वर्षभित्र निर्माण गरिसक्ने बताइएको छ। ५५ हेक्टर क्षेत्रफलको सुख्खा बन्दरगाहभित्र ६ लेनको अत्याधुनिक सडकदेखि आयात निर्यातका लागि सबै सुविधा उपलब्ध हुनेछन्।
भारततर्फ पूर्वाधार निर्माणको आधार तय गरी शिलान्यास गरिए पनि नेपालतर्फ भने जग्गा अधिग्रहण गर्नेबाहेक अन्य कुनै काम अगाडि बढेको छैन। नेपालतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा अधिग्रहण गरिएको ९० बिघा क्षेत्रफलको जग्गा एक दशकदेखि अलपत्र अवस्थामा छ।
सम्पूर्ण पूर्वाधार भारत सरकारले आफ्नै खर्चमा निर्माण गरिदिने प्रतिबद्धता जनाएकाे भए पनि काम भने अगाडि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।