काठमाडौं– त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै झापा ११ ले १०औं फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ।
सोमबार पाँचथरको फिदिममा भएको फाइनलमा झापाले आर्मीलाई २-१ गोलले पराजित गर्यो। झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका थिए।
जितसँगै झापाले ४ लाख रुपैयाँ हात पार्दा त्रिभुवन आर्मीले २ लाखमा चित्त बुझायो।
झापाका देवेन्द्र तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मोटरबाइक जित्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।