काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग उनले रु १० हजार घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ। केही दिनअघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।