काठमाडौं– भक्तपुर नगरपालिका–१ दुधपाटीबाट ११ वर्षीया बालिका तीन दिनदेखि वेपत्ता भएकी छन्।
काभ्रेको मन्डनदेउपुर–११ जैशीथोक घर भएकी बालिका सुनमाया तामाङ दुधपाटीबाट वेपत्ता भएकी हुन्।
श्री उमा सहशिक्षालयमा कक्षा ५ मा अध्ययनरत बालिका तीन दिदेखि वेपत्ता भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन्।
गहुँगोरो वर्ण, ३.२५ फिट उचाई , खैरो ज्याके, हरियो सुरुवाल, रातो सल ओढेकी सुनमाया वेपत्ता भएको प्रहरीले जनाएको छ।
उनी पुस २७ गते ४ बजे दिउँसो दुधपाटीबाट वेपत्ता भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।