काठमाडौं– इलामको रोङ गाउँपालिका–३ याङ्ग्रे बस्ने ६३ वर्षीय बुद्धिमान राईको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
हत्यामा संलग्न भएको आरोपमा सोही गाउँपालिका–३ बस्ने ३९ वर्षीय राजकुमार राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पुस २४ गते बुद्धिमान राई लगायत ७ जना साथीहरु मिली सोही स्थानमा रहेको अतिपाल जंगलमा सिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर बुद्धिमान राईको मृत्यु भएको थियो।
राईको शवलाई खाल्डो खनी उनीहरुले गाडेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले सोही ठाउँस्थित अलैंची बारीमा लुकाई राखेको भरुवा बन्दुक १ थान समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।