बार्सिलोना- स्पेनिस ला लिगमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले ४ सयौं गोल पूरा गरेका छन्।
मेसीले ला लिगअन्तर्गत एइबारविरुद्धको खेलमा गोल गर्दै ४ सयौं गोल पूरा गरेका हुन्। खेलमा बार्सिलोनाले ३-० को जित हात पार्यो।
बार्सिलोनाका लागि लुइस सुआरेजले खेलको १९ र ५९ मिनेटमा गरी २ गोल गरे। मेसीले ५३ मिनेटमा गोल गरेका थिए।
जितसँगै बार्सिलोनाले १९ खेलबाट ४३ अंक बटुलेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३८ अंक छ। एट्लेटिकोले आइतबार राति भएको खेलमा लेभान्तेलाई १-० गोलले हरायो।
तेस्रो स्थानको सेभिल्लाले ३३ अंक र चौथो स्थानको रियल म्याड्रिडले ३३ अंक बटुलेको छ।
मेसीको कोशेढुंगा
मेसीले ४ सय ३५ औं खेलमा ४ सयौं गोल पूरा गरेका हुन्। मेसी युरोपको ठूला पाँच लिगमा ४ गोल पूरा गर्ने दोस्रा खेलाडी बने। क्रिस्टियानो रोनाल्डोले ५ सय ७ खेलमा ४ सय ९ गोल गरेका छन्। यद्यपी मेसीले रोनाल्डो भन्दा ६३ खेल कम खेल्दै ४ गोल पूरा गरेका हुन्।
गोलसँगै ला लिगामा सर्वाधिक गोल गरेका मेसीले आफ्नो अग्रता फराकिलो पारेका छन्। ला लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको रोनाल्डोले ३ सय ११ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।