• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार ! धैर्य गर अनि साेच

64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०७५  ०९:४८
1140x725

अमेरिकी व्यंग्यकार ग्रसो माक्र्सले आधुनिक मानिसका ढोंगलाई निशाना गर्दै भनेका छन्, 'मेरा सिद्धान्त यिनै हुन्। यदि तिमीलाई यी मन पर्दैनन् भने मसँग अरु सिद्धान्त छन्।' अर्थात्, जे गर्दा जस्तो सिद्धान्त, दर्शन वा औचित्य आवश्यक हुन्छ, त्यो सिर्जना गरिहाल्ने, तिनीहरु परस्पर विरोधी नै किन नहोउन्।

अहिले डा गोविन्द केसी नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि इलाममा सत्याग्रहरत हुनुहुन्छ। यो कति लाजमर्दो कुरा हो कि बामपन्थी पार्टीले सरकार चलाएको देशमा शिक्षा र स्वास्थ्यमा बेलगाम व्यापार नगर, स्वास्थ्यलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउ भनेर कसैले ज्यानै होम्नुपर्ने? कार्ल मार्क्सबाट निर्देशित पार्टी ग्रसो मार्क्सले व्यंग्य गरेको बाटोमा हिँड्नु दु:खद हो।

अहिले सत्तारुढ पार्टीसम्बद्ध नेताहरु भनिरहनुभएको छ- डा केसीसित भएको सम्झौताका सबैजसो बुँदाहरु समेटिने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाइएको छ।

तर, समितिद्वारा संसदमा प्रस्तुत प्रतिवेदनको बुँदा ७ (३) मा भनिएको छ-

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन। काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन।

अर्थात् चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले अंकुश लगाउने छैन, यो ऐनका कुनै पनि प्रावधानभन्दा सम्बन्धन सम्बन्धी आयोगको निर्णय माथि हुनेछ। यस्तो सर्तसहित आउने ऐनले चिकित्सा क्षेत्रको कसरी नियमन गर्ला? जबकि यो क्षेत्रका यावत् विकृति र समस्याहरु सम्बन्धनसँगै सम्बन्धित छन्।

यही अवस्थामा ऐन पारित भएमा न सम्बन्धनलाई प्रति विश्वविद्यालय पाँच कलेजको नियम लाग्नेछ, न ऐनमा तोकिएको बेड संख्यालगायतको न्युनतम पूर्वाधार पूरा गर्नुपर्नेछ। त्यसपछि सम्बन्धन वितरण आयोगको तजबीजमा मात्रै भर पर्नेछ। आयोगमा हालका विश्वविद्यालयहरुमा झैं दलीय भागवण्डामा नियुक्ति भयो भने सम्बन्धन वितरणका निर्णयहरु पार्टी कार्यालयमा हुन सक्नेछन्। यस्तै विकृति नआउन् भनेर माथेमा कार्यदलले सम्बन्धनको विषयमा अनेक अंकुश लगाएको हो। ती अंकुश लगाउँदा आयोगले हाल त्रिवि र काठमाडौं विश्वविद्यालयले क्षमताभन्दा बढी सम्बन्धन दिएर अस्तव्यस्त भएको अवस्था मनन गरेरै तिनबाट थप सम्बन्धन रोकेको थियो।

यसरी अहिले संसदमा पुगेको चिकित्सा शिक्षा विधेयकको एक मात्रै नियत माथेमा प्रतिवेदन, यसबीच गम्भीर सार्वजनिक बहसबाट स्थापित मान्यताहरु तथा दुई-दुई पल्ट चिकित्सा शिक्षा अध्यादेशमा रहेका सुधारमुखी प्रावधान काटेर मेडिकल शिक्षामा अकन्टक व्यापार बढाउनु भएको देखिन्छ।

Ncell 2
Ncell 2

नेपालको साम्यवादी दल नेतृत्वको सरकारमा हुने व्यक्तिलाई हाम्रो हार्दिक अनुरोध छ, कृपया, दुई तिहाइको बलमा हतारमा निर्णय गर्नु भन्दा एकैछिन धैर्य गर्नुस् र केही कुराहरु सोच्नुस्।

१) सोच्न सुरु पार्टीको नामबाटै गरौं। के हो कम्युनिष्ट भनेको? तपाइँहरुको व्यवहार हेर्दा त लाग्छ पूँजीवादको पनि विकृत रुप ‘क्रोनी क्यापिटलिज्म’को पर्यायवाची शब्द साम्यवाद वा ‘कम्युनिजम’ हो। कुरा यही हो त?

२) चिकित्सा शिक्षा ऐनले अब बन्ने चिकित्सा शिक्षा आयोगलाई निर्देशित गर्ने हो कि आयोगका निर्णय ऐनका प्रावधानभन्दा माथि हुने हुन्?

३) तपाईंहरुले ल्याउन खोजेको ऐनको नियत चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउने हो कि यस क्षेत्रको व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने हो? खास व्यवसाय प्रवर्द्धनकै लागि देशको कानुन बनाउन मिल्छ?

४) तपाईंहरुलाई मतदाताले कसको काम गर्नका लागि चुनेका हुन्? तपाईंहरुको आफ्नै, तपाईंका आसेपासे व्यवसायीहरुको वा आम नागरिकको?

५) अहिले पनि यही देशको भूगोलमा त्यस्ता बस्ती छन् जहाँ जीवनजलको अभावमा मानिसको मृत्यु हुन्छ। तपाईंहरुको प्राथमिकता त्यहाँ स्वास्थ्य सेवा पुर्‍याउने (त्यसका लागि दुर्गमसमेतका विपन्न र जेहेन्दार विद्यार्थीलाई निःशुल्क चिकित्सा विषय पढाएर परिचालन गर्ने अनि भौतिक पूर्वाधार पुर्‍याउने) हो कि यो क्षेत्रको व्यापार सहजीकरण मात्रै गरिरहने?

६) व्यक्तिको इमान हुन्छ भने संस्थाका रुपमा सरकारको इमान हुन्छ कि हुँदैन? हुन्छ भने डा केसीसित १५औं सत्याग्रहमा गरेको सम्झौताभन्दा १८० डिग्री फरक हुने गरी विधेयक किन अघि बढाइयो?

७) पन्ध्रौं सत्याग्रह टुङ्ग्याउने बेला प्रधानमन्त्री स्वयम्को पदीय दायित्व र अभिभावकत्व सम्झौताको मुख्य आधार थियोे। सम्झौता कार्यान्वयनका बेला आफ्नो पार्टीको संसदीय दलका गतिविधिमा प्रधानमन्त्री तथा संसदीय दलको नेताको के भूमिका रह्यो?

छातीमा हात राखेर यी प्रश्नहरुमा घोत्लिनुभयो भने हामीलाई विश्वास छ, आज हतार-हतार चिकित्सा शिक्षा विधेयक संसदबाट अघि बढाउनु हुने छैन। विधेयक अघि बढेन र त्यसमा डा केसीसित भएको सम्झौताअनुसार सुधार गरेर अघि बढियो भने त्यसमा तपाईंहरुको संवेदनशीलता झल्किने छ।

हैन, यदि जबर्जस्ती बढाइहाल्नुभयो भने त्यसले सिर्जना गर्ने असहज परिस्थितिको जिम्मा त तपाईंहरुको हुने नै छ, यी प्रश्नहरुले पनि तपाईंहरुलाई आजीवन पछ्याउने छन्।

(सोलिडारिटी फर डा केसी अलायन्सका संयाेजक डा जीवन क्षेत्रीले जारी गरेकाे विज्ञप्तिकाे सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा इजरायलको आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
लेबनानमा इजरायलको आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल सोमबार, फागुन १८, २०८२
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय सोमबार, फागुन १८, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्