आयोजक न्यू–डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

नेपाल लाइभ | २०७५ पौष २८ शनिबार | Saturday, January 12, 2019 १७:५३:०० मा प्रकाशित

काठमाडौं– न्यू–डायमण्ड कप दोश्रो खुला राष्ट्रिय  महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपिएफले साविक विजेता डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो।

च्याम्पियन भएको एपिएफले ३ लाख १ हजार प्राप्त गर्यो। उपविजेता डायमण्डले २ लाख १ हजारमा चित्त बुझाउनु पर्यो। एपीएफले पहिलो सेट १६–२५ ले गुमाए पनि खेलमा फर्कदै लगातार तीन सेट २५–२१,२५–२३ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो।  फाइनलमा डायमण्डकी प्रतिभा मालीले स्पाईकमा ३६,ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडेकी थिएन्। त्यस्तै एपिएफकी सरस्वती चौधरीले स्पाईकमा २८,ब्लकमा १ र सर्भरबाट २ अंक जोडेकी थिइन।

प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रहन रह्यो। विजेता टिमकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन्। उनले १५ हजार नगद प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भइन। न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भइन। न्यु डायमण्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हातपारे । विधागततर्फको उत्कृष्टले जनही ५÷५ हजार नगद प्राप्त गरे।

लिगकम नकआउटकाआधारमा सञ्चालन गरिएको प्रतियोगितामा ८ टोली सहभागि थिए। पोखराको टप्स माबिलाई पराजित गर्दै अर्को विभागीयटिमपुलिसले तेस्रो स्थानहातपार्न सफल भयो। पुलिसले टप्सलाई २५–११,२५–२१ र २५–१४ को सोझो सेटमा हरायो। तेश्रो स्थान हात पारेको पुलिसले १ लाख १ हजार तथा टप्सले ५१ हजार हात पार्यो।