• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन पर्छन् राजदूत विवादमा?

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  २३:०८
1140x725

मन्त्रिपरिषद्को बिहीबार सार्वजनिक निणर्यमा विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई निकासका लागि आग्रह गरिएको छ। मानव तस्करी र बेचबिखनको आरोप लागेपछि शेर्पालाई लिखित स्पष्टीकरण सोधेको थियो। शेर्पाको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्र मन्त्रालयले समिति नै गठन गरी छानबिनको लागि उनलाई नेपाल फिर्ता बोलाएको थियो।

शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लाँदा राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए। सवारी चालक शेर्पाले आफ्नी श्रीमतीलाई पनि अष्ट्रेलिया ल्याइदिने भन्दै रकम मागेको तथा मानव तस्करी र श्रम शोषणको समेत आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी थिइन्।

परराष्ट्र मन्त्रालयले शेर्पाको विषयमा छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले उनको विषयमा कुनै निर्णय लिन सकेको छैन। सरकारले यो विषयमा शेर्पालाई निकास दिन आग्रह गरेको जनाए पनि सत्तारुढ पार्टीबाटै सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्त भएकी शेर्पाको पक्षमा नेकपाका केही नेताले ‘लविङ’ गरेका कारण उनको राजीनामा नआएको स्रोतको दाबी छ। ‘कुनै न कुनै पक्षले शेर्पालाई नबोकेको भए यो विषयले निकास पाउन किन लामो समय लाग्थ्यो र?’, प्रतिप्रश्न गर्दै स्रोतले भन्यो, ‘यो विषयमा समस्या छ र सरकार सम्बन्धित पक्षबाट सहयोगको अपेक्षामा रहेकाले शेर्पालाई निकासका लागि आग्रह गरिएको हो।’

विवादमा परेर फिर्ता बोलाइएकी शेर्पा पहिलो राजदूत भने होइनन्। यसअघि पनि नेपालको प्रतिनिधित्व गर्दै राजदूतको रुपमा कार्यरत व्यक्तिलाई विवादपछि विभिन्न समयमा फिर्ता बोलाइएका उदाहरणहरु प्रशस्त छन्। पञ्चायतकालीन अवस्थामा अमेरिकाका लागि नेपाली राजदूत रहेका विश्व प्रधानले अमेरिकाको एक पुस्तक पसलबाट किताब चोरीको अभियोगमा त्यहाँको प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएपछि तत्कालीन राजा विरेन्द्रले तत्काल उनलाई स्वदेश फिर्ता बोलाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि कतारका लागि राजदूत भएकी मायादेवी शर्मालाई सरकारले फिर्ता बोलाएको थियो। सार्वजनिक कार्यक्रममा कतारलाई ‘खुला जेल’ भनेपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा असर पर्ने देखेर सरकारले उनलाई फिर्ता बोलाएको थियो। कृषि विकास बैंककी कर्मचारी रहेकी शर्माले आर्थिक चलखेल गर्दै राजदूत भएको आरोपसमेत लाग्ने गरेको थियो।

यस्तै, साउदी अरेवियाका लागि तत्कालीन राजदूत हमिद अन्सारीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारका आफन्तले क्षतिपूर्तिवापत पाउनुपर्ने रकम आफैं राखेपछि उनलाई स्वदेश फिर्ता बोलाइएको थियो। विवादमा तानिएका माथि उल्लेखित सबै राजदूतहरुको नियुक्ति राजनीतिक हो।

राजदूत नियुक्तिमा आर्थिक चलखेल हुँदा योग्य व्यक्तिलाई भन्दा राजनीतिक आस्था तथा पैसा खर्च गर्न सक्नेलाई राजदूत नियुक्ति गर्दा यस्तो समस्या आउने गरेको विश्लेषकहरूको दाबी छ। ‘राजदूत भनेको राष्ट्रिय स्वार्थलाई विदेशमा प्रबर्द्धन गर्ने व्यक्ति हो, राष्ट्रको गरिमालाई विदेशमा प्रबर्द्धन गर्ने व्यक्ति छनोट गर्दा सरकार प्रभावमा पर्दा यस्तो समस्या आउँछ’, फ्रान्सका लागि पूर्व राजदूत मोहनकृण श्रेष्ठ भन्छन्, ‘कस्तो व्यक्तिलाई राष्ट्रको प्रतिनिधित्व गर्न पठाउने भन्ने विषयमा सरकार चनाखो हुनुपर्छ।’

राजदूतसम्बन्धी विवाद आउँदा ‘करियर’ राजदूत र राजनीतिक नियुक्तिका आधारमा चयन हुने राजदूत कुन ठीक भन्ने बहस यदाकदा नहुने गरेको पनि होइन। तर, चीनका लागि पूर्व राजदूत टंक कार्की भने मौजुदा अवस्थामा दुबै खालका राजदूतको आवश्यकता बराबर रहेको बताउँछन्। ‘करियर राजदूतका रुपमा खटिएका राजदूत पनि समय अवधि सकिएपछि शरणार्थीको हिसाबमा त्यही देशमा बसेका उदाहरण पनि छन्’, कार्की भन्छन्, ‘त्यसैले एकाध घटनालाई प्रतिनिधि घटनाका रुपमा लिँदै राजनीतिक नियुक्तिमा राजदूत भएकाभन्दा करियर राजदूत ठीक हुन्छन् भन्न मिल्दैन।’

नेपालजस्तो विकासशील देशले राजनीतिक रुपमा बढी सम्बन्ध स्थापित गर्नुपर्ने देशमा राजनीतिक नियुक्ति भएका राजदूत र प्राविधिक सम्बन्ध रहेका देश, विशेष गरी रोजगारीका लागि नेपाली कामदार जाने देशमा करियर राजदूत पठाउँदा नै राम्रो हुने उनको मत छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  २३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्