• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बर्सेनि जल्छन् कर्णालीका बस्ती

१६ घटनामा १८ जनाको मृत्यु 
64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०७५  ०६:२८
1140x725

सुर्खेत– आर्थिक वर्ष (आव) २०७२/०७३ मा कर्णाली प्रदेशमा ११ वटा आगलागीका घटना भए। त्यसपछिका २ आवमा भने यो संख्यामा कमी आयो। आव २०७३/०७४ मा दुई वटा र आव २०७४/०७५ मा तीन वटा मात्रै आगलागीका घटना भए। समग्रमा पछिल्लो ३ वर्षमा आगलागीका १६ वटा घटना भए।

संख्यात्मक हिसाबमा आगलागीका घटना कम लाग्नसक्लान्, तर, यसले निम्त्याउने असर विराट छ। यी १६ घटनामा १८ जनाले ज्यान गुमाए भने ९ जना घाइते भए। ठूलो परिमाणमा भौतिक सम्पत्तिको क्षतिसमेत हुन पुग्यो।

उल्लेखित तथ्यांकले कर्णाली प्रदेशमा वर्षेनी आगलागीका साना तथा ठूला घटना भइरहेको देखाउँछ। जुन शृंखला चालू आव २०७५/०७६ मा पनि दोहोरिएको छ। यतिसम्म कि हिउँदको चिसोमा समेत कर्णालीमा आगलागीले घरगोठ तथा पसलहरु जलिरहेका छन्।

हुम्लामा बढी आगलागीका घटना

गएको पुस ९ गते कालिकोटको पलाँता गाउँपालिका–१ खाँडामा आगलागी हुँदा सिंगो बस्ती नै जलेर खरानी भयो। त्यसको केही दिनपछि नै पुस २१ मा हुम्लाको चंखेली गाउँपालिका–२, मिमिको मेखाला गाउँका १३ वटा घर जलेर नष्ट भए।

यो आँकडामा कर्णाली प्रदेशभर आगलागीका सबैभन्दा बढी घटना हुने ठाउँमा हुम्ला अगाडि देखिएको छ। र यो क्रम वर्षेनीजस्तै चलिरहेको छ। आउनुहोस् पछिल्ला केही आगलागीका घटनाबारे जानकारी लिउँः

२०७४ माघ १३ – हुम्लाको सर्केगाड गाउँपालिका–८, रोडीकोटमा ११ घर जले।
२०७४ फागुन १८ – हुम्लाको ताँजाकोट गाउँपालिका–१, घटमानामा २८ घर जले।
२०७५ बैसाख २० – मुगुको मुगुम कार्मारोङ गाउँपालिका–४, किम्री गाउँमा आगलागी हुँदा १९ घर जल्दा एक सय ४५ जना विस्थापित भए।

यसरी हरेक वर्ष कर्णालीका बस्तीहरु आगलागीबाट जलिरहेका छन्। आगलागीका घटनाहरुमा मानवीय क्षतिका साथसाथै भौतिक सम्पत्तिको पनि क्षति भइरहेको छ। कतिपय परिवारले सन्तान गुमाएको पीडा खेपिरहँदा कतिपय घाइतेहरु भने पीडा सहँदै अस्पताल धाउन बाध्य छन्। आगलागी भएका बस्ती पुनस्र्थापित हुनसमेत सकेका छैनन्। जसले गर्दा कर्णालीका एक दर्जन बढी बस्ती आगलागीको पीडा सहेर बाँचिरहेका छन्।

Ncell 2
Ncell 2

‘गरिबका लागि न सरकार छ, न भगवान’

आगलागी पीडितहरुको हालको दैनिकीलाई एकपटक मात्रै नजर लगाउने हो भने पनि पीडितहरुको पुनस्र्थापनामा ढिलाइ भइरहेको प्रष्ट हुन्छ। आगलागीपीडित हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडीकोटका प्रेमप्रसाद जैसी र असौजे जैसीको परिवार यतिबेला मागेर गुजारा चलाइरहेका छन्। आगोले घरसहित भएको सम्पत्ति सखाप पार्यो । ‘ज्यान त जोगाइयो, अहिले यही ज्यान पाल्न मुस्किल भइरहेको छ’, प्रेमप्रसाद भन्छन्, ‘कहींकतैबाट सहयोग समेत पाइएको छैन। गरिबका लागि न सरकार छ, न भगवान।’

घर जलेपछि उनीहरू केही समय आफन्तकोमा शरण लिएर बसे। तर, आगलागी भएको करिब एक वर्षमा उनीहरु उही खण्डहरमा परिणत भएकै घरमा फर्किएका छन्। कपडाले बारेर गुजारा चलाइरहेका छन्। ‘पैसा नभएकाले घर बनाउन सकिएको छैन’, पीडित प्रेमप्रसादले भने, ‘न त सरकारको राहत पाएका छौं, न त सहयोग। संघ र प्रदेश मात्रै होइन, स्थानीय तहले समेत कुनै सहयोग गरेन।’

हाल आफन्त र गाउँलेबाट अन्नबाली, लत्ताकपडा मागेर गुजारा चलाइरहेको उनले बताए।

आगलागी भएको झन्डै एक वर्ष बिते पनि सरकारी निकायबाट कुनै राहत नपाएको उनीहरुको गुनासो छ। दुई घर आगलागीबाट खरानी हुँदा ५ लाख रूपैयाँ बराबरको क्षति भएको मुचुल्का प्रहरीले बनाएको थियो। अर्का पीडित असौजे जैसी भने रोजगारीका लागि भारत पसेका छन्।

स्थानीय तहमा बजेट छैन, प्रदेश सरकार नीति बनाउँदै

गाउँमै रहेको स्थानीय सरकारले पनि आगलागी पीडितहरुलाई सहयोग नगरेको पाइएको छ। हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले स्थानीय सरकारसँग पनि आगलागी पीडितलाई पुनर्बासका लागि आवश्यक बजेट नभएको बताउँछन्। आगलागी हुँदा तत्काल केही राहत सामग्री उपलब्ध गराइए पनि त्यसबाहेक केही गर्न नसकिएको उनले स्वीकारे।

यता कर्णाली प्रदेश सरकारले भने प्राकृतिक विपद् र अन्य कारणले पीडित बनेका सबै नागरिकलाई सम्बोधन गर्नेगरी सरकारले काम गर्न लागेको जनाएको छ। सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले विपद्मा परेकाहरुलाई राहत र पुनस्र्थापनाका लागि सरकार गम्भीर रहेको बताइन्।

‘प्राकृतिक विपद् तथा अन्य कारणबाट पीडित बनेका नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व हो, हामी त्यसमा गम्भीर छौं,’ केसीले भनिन्, ‘तर, फिल्डमा तत्काल के गर्ने भन्ने योजना भने बनाइसकेका छैनौं, यसका लागि नीतिगत कामहरुको तयारीमै हामी व्यस्त छौं।’

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्