• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एकरातमै यसरी सखाप भयो खाडागाउँ

64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०७५  १७:३८
1140x725

कालिकोट- अधिकांश युवा रोजगारीका लागि गाउँबाहिर रहेको र पानीको अभावले ग्रस्त कालिकोटको खाडागाउँ आगलागीका कारण एकैरातमा सखाप भएको छ।

परम्परागत खरले छाएको बस्तीमा आइतबार राति १० बजेदेखि सुरु भएको आगो सोमबार दिउँसो ४ बजे नियन्त्रणमा आउँदा बस्ती नै खण्डहर बनेको छ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जलेर नष्ट भएको बताए। ‘सबै घर जलेर नष्ट भएपछि मात्र नियन्त्रणमा आएको खबर छ,’ उनले भने, ‘राहत र उद्धारकार्य सुरु भएको छ।’ 

जिल्ला सदरमुकाम मान्मबाट करिब ३२ कोषको दुरीमा खाडागाउँ रहेको छ। सदरमुकामबाट उद्धारका लागि सशस्त्र प्रहरीसमेत घटनास्थलतर्फ हिँडेको छ। खरको छाना त्यसैमा हिउँदे सिजनको सुक्खा ठाउँ भएकाले पनि आगो नियन्त्रणमा लिन गाह्रो भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। 

कालिकोटको पलाता गाउँपालिका १ खाडागाउँमा एक घरबाट आगलागी सुरु भएको थियो। मध्य निद्रामा रहेका गाउँले एकाएक आगोको मुस्लो देखेपछि अत्तालिँदै निस्केका थिए। अधिकांश युवा रोजगारीका लागि कालापत्थरमा रहेका छन्। बालबालिका र वृद्धमात्र रहेको उक्त गाउँमा मध्यराति भीषण आगलागी हुँदा पूरै गाउँ विस्थापित भएको छ।

पहिलेको खाडागाउँ


प्रारम्भिक विवरण अनुसार १६ जना घाइते भएका छन्। ७ जना घाइते हेलिकप्टरबाट थप उपचारका लागि ल्याउनुपर्ने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घाइतेहरुको थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी भइरहेको प्रजिअ कार्कीले बताए। 

खाडागाउँका सबै घर खरको छानाले बनाइएका थिए। यहाँ पानीको पनि निकै समस्या छ। प्रहरीलाई घटनास्थलतर्फ पुग्न करिब ५ घन्टाको समय लाग्ने भएकाले अबेर पुगेको र विवरण पाउन समस्या भएको बताइएको छ।  

इलाका प्रहरी कार्यालय थिर्पु र पचाल झरना गाउँपालिकाको जारकोटबाट प्रहरी टोली उद्धारका लागि गएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी देवेन्द्र मल्लले बताए।

यसरी भयो आगलागी 
गाउँको पुछारमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको थियो। हावाहुरी धेरै चलेकाले घनाबस्तीमा आगो फैलियो। नजिकै पानीको अभाव भएकाले तत्काल आगो नियन्त्रणमा समस्या आयो।

Xtrem

Xtrem

गाउँका युवा कामको खोजीमा बाहिर हुँदा आगो नियन्त्रणमा जनशक्ति अभाव भएकाले बस्ती नै सखाप भएको छ। आगलागी हुँदा बालबच्चा, महिला र वृद्धवृद्धा मात्र घरमा थिए।

अन्नबाली, लत्ताकपडा समेत नष्ट भएका कारण आगलागी पीडितलाई खान बस्न समस्या हुने देखिएकाले जिल्लामा आपतकालीन बैठक बसिरहेको प्रजिअ कार्कीले बताए। जिल्लामा रहेको आपतकालीन उद्धार कोषलाई सक्रिय बनाएर जनतालाई राहत दिन स्थानीय निकायसँग पनि सम्वन्वय गर्ने उनको भनाइ छ। 

राहत संकलन सुरु 
पलाता गाउँपालिकाले आगलागी पीडितका लागि सबैसँग सहयोगको आग्रह गरेको छ। गाउँपालिकाले तत्कालका लागि ९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत खाडा लैजाँदू गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। उनका अनुसार गाउँपालिकाको बजेटले प्रत्येक घरधुरीलाई एक सिरक, दुई डस्ना, एक कोरिएन कम्मल, एक सेट भाँडाकुडा र हरेक व्यक्तिलाई एकएक वटा जकेट खरिद गरी सुर्खेत विमानस्थलमा जम्मा गरेको छ।

यस्तै कर्णाली प्रदेश सरकारले प्रति घरधुरी २०/२० हजार नगदसहित खाद्यान्न वितरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयबाट २०० कम्मल, १०० ज्याकेट, १०० ट्राउजर, ७० थान त्रिपाल आइसकेको छ। 

जिल्लाबाट पनि ८७ बोरा चामल, रेडक्रसले सहयोग गरेका १२ थान भाँडाकुडा, कालिकोट उद्योग वाणिज्य संघ र च्याम्बर्स अफ कमर्सबाट खाद्यान्न र लत्ताकपडा पलाँता पठाइएको छ। राहत वितरणका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली हेलिकप्टर मार्फत पलाँता पुगेको छ। 

यस्तै रातहकै लागि कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरले एक लाख, शान्नित्रिवेणी गाउँपालिकाले दुई लाख दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
तीन वटा संसदीय समितिको बैठक बस्दै
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गणेश लामाले पनि दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज २०, २०८३
हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या मंगलबार, असोज २०, २०८३
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्