• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एकरातमै यसरी सखाप भयो खाडागाउँ

64x64
नेपाल लाइभ सोमबार, पुस ९, २०७५  १७:३८
1140x725

कालिकोट- अधिकांश युवा रोजगारीका लागि गाउँबाहिर रहेको र पानीको अभावले ग्रस्त कालिकोटको खाडागाउँ आगलागीका कारण एकैरातमा सखाप भएको छ।

परम्परागत खरले छाएको बस्तीमा आइतबार राति १० बजेदेखि सुरु भएको आगो सोमबार दिउँसो ४ बजे नियन्त्रणमा आउँदा बस्ती नै खण्डहर बनेको छ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जलेर नष्ट भएको बताए। ‘सबै घर जलेर नष्ट भएपछि मात्र नियन्त्रणमा आएको खबर छ,’ उनले भने, ‘राहत र उद्धारकार्य सुरु भएको छ।’ 

जिल्ला सदरमुकाम मान्मबाट करिब ३२ कोषको दुरीमा खाडागाउँ रहेको छ। सदरमुकामबाट उद्धारका लागि सशस्त्र प्रहरीसमेत घटनास्थलतर्फ हिँडेको छ। खरको छाना त्यसैमा हिउँदे सिजनको सुक्खा ठाउँ भएकाले पनि आगो नियन्त्रणमा लिन गाह्रो भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। 

कालिकोटको पलाता गाउँपालिका १ खाडागाउँमा एक घरबाट आगलागी सुरु भएको थियो। मध्य निद्रामा रहेका गाउँले एकाएक आगोको मुस्लो देखेपछि अत्तालिँदै निस्केका थिए। अधिकांश युवा रोजगारीका लागि कालापत्थरमा रहेका छन्। बालबालिका र वृद्धमात्र रहेको उक्त गाउँमा मध्यराति भीषण आगलागी हुँदा पूरै गाउँ विस्थापित भएको छ।

पहिलेको खाडागाउँ


प्रारम्भिक विवरण अनुसार १६ जना घाइते भएका छन्। ७ जना घाइते हेलिकप्टरबाट थप उपचारका लागि ल्याउनुपर्ने भएको छ।

Ncell 2
Ncell 2

घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घाइतेहरुको थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी भइरहेको प्रजिअ कार्कीले बताए। 

खाडागाउँका सबै घर खरको छानाले बनाइएका थिए। यहाँ पानीको पनि निकै समस्या छ। प्रहरीलाई घटनास्थलतर्फ पुग्न करिब ५ घन्टाको समय लाग्ने भएकाले अबेर पुगेको र विवरण पाउन समस्या भएको बताइएको छ।  

इलाका प्रहरी कार्यालय थिर्पु र पचाल झरना गाउँपालिकाको जारकोटबाट प्रहरी टोली उद्धारका लागि गएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएसपी देवेन्द्र मल्लले बताए।

यसरी भयो आगलागी 
गाउँको पुछारमा रहेको नवीन न्यौपानेको घरबाट आगो सुरु भएको थियो। हावाहुरी धेरै चलेकाले घनाबस्तीमा आगो फैलियो। नजिकै पानीको अभाव भएकाले तत्काल आगो नियन्त्रणमा समस्या आयो।

गाउँका युवा कामको खोजीमा बाहिर हुँदा आगो नियन्त्रणमा जनशक्ति अभाव भएकाले बस्ती नै सखाप भएको छ। आगलागी हुँदा बालबच्चा, महिला र वृद्धवृद्धा मात्र घरमा थिए।

अन्नबाली, लत्ताकपडा समेत नष्ट भएका कारण आगलागी पीडितलाई खान बस्न समस्या हुने देखिएकाले जिल्लामा आपतकालीन बैठक बसिरहेको प्रजिअ कार्कीले बताए। जिल्लामा रहेको आपतकालीन उद्धार कोषलाई सक्रिय बनाएर जनतालाई राहत दिन स्थानीय निकायसँग पनि सम्वन्वय गर्ने उनको भनाइ छ। 

राहत संकलन सुरु 
पलाता गाउँपालिकाले आगलागी पीडितका लागि सबैसँग सहयोगको आग्रह गरेको छ। गाउँपालिकाले तत्कालका लागि ९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत खाडा लैजाँदू गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। उनका अनुसार गाउँपालिकाको बजेटले प्रत्येक घरधुरीलाई एक सिरक, दुई डस्ना, एक कोरिएन कम्मल, एक सेट भाँडाकुडा र हरेक व्यक्तिलाई एकएक वटा जकेट खरिद गरी सुर्खेत विमानस्थलमा जम्मा गरेको छ।

यस्तै कर्णाली प्रदेश सरकारले प्रति घरधुरी २०/२० हजार नगदसहित खाद्यान्न वितरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार गृह मन्त्रालयबाट २०० कम्मल, १०० ज्याकेट, १०० ट्राउजर, ७० थान त्रिपाल आइसकेको छ। 

जिल्लाबाट पनि ८७ बोरा चामल, रेडक्रसले सहयोग गरेका १२ थान भाँडाकुडा, कालिकोट उद्योग वाणिज्य संघ र च्याम्बर्स अफ कमर्सबाट खाद्यान्न र लत्ताकपडा पलाँता पठाइएको छ। राहत वितरणका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली हेलिकप्टर मार्फत पलाँता पुगेको छ। 

यस्तै रातहकै लागि कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरले एक लाख, शान्नित्रिवेणी गाउँपालिकाले दुई लाख दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्