मध्यबिन्दुमा अनियन्त्रित भई बस पल्टिँदा २२ घाइते, एकको अवस्था गम्भीर

नेपाल लाइभ

Nepal Live

कावासोती– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनामा परी कालीकोटको खर्चना गाउँपालिका–२ बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन्। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

३४ जना यात्रु सवार बसमा १२ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। रासस

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने