जनकपुर– धनुषा जिल्लाभित्र प्राकृतिक साधन श्रोतको संरक्षण गर्न/गराउन सरोकारवालाहरु अघि सरेका छन्।
सरोकारवालाहरूले धनुषाभित्र अवैध रुपमा बालुवा, गिट्टी उत्खनन तथा निकासी नियन्त्रण गर्न गराउन ठोस कदम चाल्नु पर्ने आवश्यक्ता औंल्याएका छन्।
जिल्ला समन्वय समिति धनुषामा भएको बैठकले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्डभित्र ल्याउने निष्कर्ष निकालिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जिल्लामा रहेका क्रसर उद्योग पहिचान गरी नियमानुसार सञ्चालनमा रहे नरहेको छुट्याउने तथा प्रभावकारी अनुगमन गर्ने बारे बैठकमा छलफल भएको जानकारी दिए।
जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादवले गैरकानुनी रुपमा बालुवा गिट्टी उत्खनन र निकासीकोअनुगमन मूल्यांकन गर्न गराउन केन्द्रबाट परिपत्र भए अनुरूप अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको बताए।
संघीय सरकारले प्रत्येक जिल्ला समन्वय समितिलाई अनुगमन मूल्यांकनका लागि कार्यादेश पठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।