जनकपुर– प्रदेश २ मा हालसम्म १८ वटा ऐन निर्माण भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रदेशको सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि, विनियोजन तथा आर्थिक कारोबार सम्बन्धी ऐनसहित १८ वटा विधेयक प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए।
कानुनमन्त्री यादवले ७ वटा विधेयकहरू विशेष समितिमा रहेको तथा ३४ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिइसकेको अवस्था रहेको बताए।
उनले दुग्ध उत्पादन र बालबालिकासम्बन्धी विधेयक प्रदेशसभामा दर्ता भइसकेको समेत जानकारी दिए।
यसका साथै, लैंगिक तथा घरेलु हिंसा, प्रदेश प्रसाशन तथा सञ्चार सम्बन्धी विधेयकहरू सरकारले ल्याउन लागेको मन्त्री यादवले बताए।
उनले एकिकृत सञ्चार र प्रशासनसम्बन्धी विधेयक तयारी अवस्थामा रहेको भन्दै चाँडै मन्त्रिपरिषद्बाट पास भएर प्रदेशसभामा दर्ता गराउने जानकारी दिए।
कानुनमन्त्री यादवले करारमा कर्मचारी भर्ना गर्नुभन्दा लोकसेवामार्फत् नै कर्मचारी भर्ना गर्नु उपयुक्त हुने भन्दै १५ दिनभित्र लोकसेवा सम्बन्धी विधेयकसमेत पारित हुने बताए।
मन्त्री यादवले प्रदेशमा ३० वटा ऐन तत्काल चाहिने भन्दै सरकारले अन्य विधेयकमाथि सैद्धान्तिक सहमति दिइ सकेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।