जनकपुर– पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
धनुषाको हंसपुर नगरपालिका–८ का कल्याण कुमार कार्कीलाई बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कार्कीले पुस २० गते विद्यालयबाट पढेर फर्किरहेकी एक ५ वर्षीया बालिकालाई चकलेट दिने प्रलोभनमा पारि ललाई फकाई आफ्नो घर लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ।
पीडित बालिकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। पीडित परिवारले पुस २१ गते प्रहरीमा उजुरी दिएको आधारमा कार्कीलाई पक्राउ गरिएको हो।
प्रहरीमा उजुरी परेपछि फरार भएका कार्की घटना भएको दुई दिनपछि जिल्लाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहाबाट आइतबार पक्राउ परेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।