काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया दिएका छन्।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।
उनले त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भीर ढंगले कुरा उठाउने समेत बताए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना गरे।
आइतबार साँझ भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री ओलीले संसदमा पेस गरेका तथ्यांक सुन्दा 'देश सुनको लंका बनिसकेको अनुभूति भयो' भन्दै व्यंग्य प्रहार समेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।