जाजरकोट– जाजरकोट खलङ्गाबाट दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नलगाड नगरपालिका– ५ कालीमाटीका २५ वर्षीय गणेश सुनार र अर्का २५ वर्षीय युवराज विक रहेका छन्।
प्रतिबन्धित रातो हाब्रेको छाला बिक्री गर्ने तयारीमा रहेका उनीहरुलाई होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख रवीन्द्रबहादुर सिंहले बताए।
छालाको तस्करीमा मुख्य आरोपित दिपक भनिनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।