काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले स्पष्टीकरण दिने भएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरीदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालय धारणा सार्वजनिक गर्न लागिएको हो।
उपसमितिले प्रतिवेदन बुझाएपछि मन्त्री अधिकारीले पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिन लागेका हुन्।
पुस २३ गते बिहान १० बजे मन्त्री रवीन्द्र अधिकारी, मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीसहित पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।