जनकपुर– प्रदेश–२ ले माघ २१ गते प्रदेश गठनको एक वर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाउने भएको छ।
वार्षिकोत्सवका लागि कार्यव्यवस्था परामर्श समितिले सबै दल सम्मिलित एक कमिटी बनाएको प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिए।
सभामुख सरोज यादवको अध्यक्षतामा प्रदेशसभामा शुक्रबार बसेको बैठकले माघ महिनाको पहिलो साता प्रदेशसभा बैठक बस्ने निर्णयसमेत गरेको छ।
उपसचिव यादवका अनुसार माघमा बस्ने प्रदेशसभा बैठकले सातवटा समितिका सभापति निर्वाचनबारे टुंगो लगाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।