चितवन- इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा सहिद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको हो।
शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। शिशु कसले छोडेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।