राजविराज– सप्तरी प्रहरीले परशुराम मिश्र हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।
तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय परशुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता अगाडि कुटपिटबाट मृत्यु भएको थियो।
सो घटनाका सम्बन्धमा फरार रहेका प्रतिवादी मुखियालाई खोजतलासका क्रममा सखडाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।