काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा लगातार चौथो खेलमा विकेट लिन सफल भएका छन्।
मेलवर्न स्टारका मुख्य बलर सन्दीपले मंगलबार मेलवर्न रेनेगेड्सविरुद्धको खेलमा १ विकेट लिन सफल भए। उनले खेलको ११औं ओभरमा रेनेगेड्सका कप्तान टम कुपरलाई १० रन बनाएर खेलिरहदा बोल्ड गरे। यसअघि उनले सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिएका थिए। त्यसअघि सिड्नी थन्डरविरुद्ध २ विकेट र होबर्टविरुद्ध ३ विकेट लिएका थिए। योसँगै उनले चार खेलमा ८ विकेट लिए।
मंगलबार उनले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चिए। सन्दीपले ४ चौका बेहोर्दा ७ बल डट फ्याँके।
खेलमा टस हारेको रेनेगेड्सले पहिले ब्याटिङ गरिरहेको हो।
यो खेलपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।