• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८० वर्षदेखि बन्द नयाँ सडकको त्यो झ्याल

64x64
गौरीबहादुर कार्की बुधबार, पुस १८, २०७५  ०९:३०
1140x725

यो काठमाडौंको नयाँ सडक (न्युरोड) स्थित मूल केन्द्रमा रहेको एउटा घरको कथा हो। जुन घरको झ्याल सधैं बन्द हुन्छ। बन्द भएको आज होइन, ८० वर्ष नाघिसक्यो।

गौरीबहादुर कार्की

यो घर किन बन्द छ? किन घरबाट आम्दानी लिनेतिर लागिएन? के कारण खुलेन? यावत् प्रश्नहरु आउँछन्। तर जवाफ दिने कोही पाइँदैन।  

नयाँ सडक जस्तो व्यापारिक केन्द्रमा एउटा घर निर्जीव भग्नावशेषको रुपमा रहनुमा धेरै कुरा होलान्। यो घरको इतिहास कहाँ लुकेको छ? कहाँ छिपेको छ? थाहा हुनेलाई वा पीडितलाई कसरी सोध्ने? नयाँ सडकको अति व्यस्त भिडमा मान्छे हराउँछ। भुइँमा हिड्नेलाई माथितिर हेर्ने फुर्सद पनि हुँदैन। हेर्नेले पनि घरको पीडा बुझ्न सक्दैनन्। घरको वेदना घरलाई नै थाहा छ। थाहा पाउनेहरु पनि धेरैजसोले धर्ती छाडिसके।  

राणा शासनविरुद्ध विद्रोह गरेकोमा खड्गमान सिंह बस्नेत विसं १९८७ देखि २००७ सालसम्म २० वर्ष जेल परेका थिए। सोही कालखण्डको भोगाइलाई 'जेलमा बीस वर्ष' नामको कृति पनि उनले लेखेका छन्।

राणाकालको सजीव इतिहास हेर्ने आँखीझ्याल मानिन्छ यो पुस्तकलाई। पुस्तकमा जुद्ध शमशेरले इन्द्रचोक छेउकी एउटी सुन्दरीलाई झ्यालबाट चिहाइरहेको अवस्थामा देखेपछि 'त्यो केटी चाहियो' भनेछन्। उनी रहिछन्– त्यसबेलाका एकमात्र मेडिकल डाक्टरकी छोरी। सिपाहीहरु केटी घिसार्न जाँदा झडप भएछ। ती युवतीको अस्मिता बचाउन भद्र शमशेरले आफ्नो घरमा लुकाएछन्। त्यसैले उनी पक्राउ परेको कुरा पुस्तकमा उल्लेख छ। 

भद्र शमशेरको नामबाट भद्रगोल जेल नामकरण भएको उल्लेख गरेका छन् खड्गमान सिंहले पुस्तकमा। कर्णेल भद्रशमशेरलाई श्री ३ जुद्ध शमशेरले थुनेको जेलको खण्ड हो– भद्रगोल। राणाकालमा भद्र शमशेरलाई उनका नोकरचाकर, धाई, सुसारे आदिसहित कैदमा राख्नुपर्दा भद्रगोल बनाइएको रहेछ (देवेन्द्र गौतम, अनुसन्धानभित्रको अनुसन्धान)। भद्रगोल रुपमा एकै ठाउँमा थुनिएकाले त्यो जेलको नाम नै भद्रगोल जेल हुन गएछ। 

खड्गमान सिंहले उक्त पुस्तकमा त्यो घटना भएको घर इन्द्रचोक छेउमा भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मैले थाहा पाएसम्म इन्द्रचोक नजिक नयाँ सडक, रमा गृहको उत्तरपट्टि लङको घर हो। 

मैले तीसको दशकमा देख्दा त्यतिबेला पंक्तिका सबै घरमा जस्तै सधैं बन्द रहने उक्त झ्यालमा हरियो इनामेल लगाएको खुइलिएको रङ देखिन्थ्यो। अहिले त धुलोले छोपिएझैं देखिन्छ।

२०७२ सालको भूकम्पअघि त्यहाँ केही मान्छे बसेको पनि सुनिन्छ। भुइँतलामा पसलहरु भए पनि माथिका अरु तला भूतबंगलाझैं बनिसकेका छन्।  

मलाई तीसको दशकमा काठमाडौंकै नेवार मित्रहरुले घटनाबारे सुनाउँदै त्यो घर देखाइदिएका थिए। 

Xtrem

Xtrem

नयाँ सडक पुगेको बेलामा अहिले पनि म त्यो घर देखेर स्तब्ध हुन्छु। टोलाउँछु। त्यो घटना मेरो मानसपटलमा सजीव भएर घुम्न आउँछ। त्यहाँ पुग्दा त्यो घर हेर्ने गरेको छु।  

तीसको दशकमा त्यो घरको केही पश्चिममा एक भद्र महिलाको पेन हस्पिटल थियो, पछि रमागृहको झ्यालमा सर्‍यो। मैले हालसालै पनि त्यो अभागी घरको अवलोकन गरेँ। केही तस्बिर लिएँ। 

अहिले गणतन्त्रमा आएर फर्किहेर्दा राणा शासनमा आफ्नो घरमा बस्दा पनि सुरक्षा थिएन। मातापितालाई सन्तानको सुखबाट वञ्चित गरियो। एउटी निर्दोष युवतीको जोवन दिनदहाडै लुटियो, त्यो पनि आम जनताको सामुन्ने। त्यो कुकृत्य पनि कानुनतः सुरक्षा दिने जिम्मेवारी लिएर बसेका सरकार प्रमुखबाट। सरकार प्रमुख रहेका प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरबाट एउटी चेलीको दिउँसै अपहरण हुन पुग्यो।

त्यहीँ अर्का राणा कर्णेल भद्रशमशेर देवदूतको रुपमा उदाउँछन्। उनले ती यौवनालाई यौनपिपासु जुद्धशमशेरबाट बचाउन लुकाउन लगे। यो घटनापछि सरकार प्रमुख प्रधानमन्त्रीका सिपाहीहरु कसैको बगैंचामा फुलेको फूल रुपमा रहेकी ती यौवनालाई लिन घरमा प्रवेश गरे। कर्णेल भद्रशमशेरले लुकाएको ठाउँबाटै खोसेर लगे। ती अवला चेलीलाई भद्रशमशेरको संरक्षणबाट खोसियो। सार्वभौम शक्ति हातमा रहेका यौनपिपासु राणा प्रधानमन्त्री जुद्धशमशेरले कसैकी अवला छोरी, नातिनी, चेलीलाई डकैतीको रुपमा अपहरण गरे।

अधिनायकवादमा न्याय माग्नेले गोली खानु पर्ने, जेल जानुपर्ने पहिलेदेखि नै हो। न्याय माग्ने सुब्बा कृष्णलाल अधिकारी पनि जेलमा थुनिए, र 'मकैको खेती' लेखेका थिए। जनताको लागि प्रजातन्त्र माग्ने गंगालाल, शुक्रराज शास्त्री, धर्मभक्त र दशरथ चन्दले सहिदत्व प्राप्त गरे। कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग्ने सन्नी खुनाले अहिलको गणतन्त्रमा पनि गोली खानुपरेको छ। ज्यान बलिदान दिनुपरेको छ। 

एउटी निर्दोष युवतीको न्यायका लागि कर्णेल भद्र शमशेर राणा नै सार्वभौम शक्तिशाली राणा प्रधानमन्त्रीको विरोध र विद्रोहमा उत्रेका थिए। पदको मोह छाडेर न्यायको लागि बोल्ने, लड्ने, मरिमेट्ने व्यक्ति त्यतिबेला पनि रहेका थिए। राणाजी कर्णेल भएर पनि राणा प्रधानमन्त्रीको इच्छाविपरीत लड्ने व्यक्ति त्यतिबेला पनि थिए। हुनतः सुवर्ण शमशेर, भरत शमशेर आदि राणाजीहरु नै राणा शासनको विरुद्धमा तन, मन र सम्पत्ति लगाएर लडेकै हुन्। त्यतिबेला पनि कर्णेल पदमा रहेका राणा भद्र शमशेरले राणा प्रधानमन्त्री जुद्ध शमशेरको यौन पिपासाको बाधक बन्न खोजेकोमा जेल सजाय भोग्नुपरेको थियो। 

यो अन्यायको शृंखला परापूर्वदेखि अझै जारी छ। त्यो दुःखदायी घटनापछि केके भयो होला? घरकी देवीको रुपमा रहेकी कन्यालाई आततायीले हरेर लग्यो। कंशले देवकीका पुत्रहरुलाई झैं। 

नारी हुनुको दुर्दशा त्यो थियो। सौन्दर्य र सुन्दरता प्रकृतिको देन हो। देशको प्रधानमन्त्री हात्तीमा सवारी भएको हेर्दै गर्दा आफू अपहरणमा पर्छु होला भन्ने भय कुनै नागरिकमा हुने कुरै भएन। जुन घरको झ्यालबाट ती चेलीले बाहिर हेरेकी थिइन्, त्यसपछि उक्त घरमा महाभूकम्प गयो। त्यो झ्याल मात्र होइन घर नै अभागी हुन पुग्यो। यो घटनामा छोरीका बाबुआमा, परिवारको दोष थिएन। घरकी यौवना छोरीको झन् के दोष! घर पनि कुनै कारक थिएन, झ्यालको के दोष! दोष थियो त शासन पद्धतिको, शासक भनिने प्रधानमन्त्री जुद्ध शमशेरको। 

यो महाप्रलयपछि त्यो परिवारले सदाको लागि घरको झ्यालढोका बन्द गरे। १९९२/९३ साल पछि आजसम्म ८३/८४ वर्षसम्म गुज्रियो। नयाँ सडकको त्यो घर बन्द नै छ। भुइँतलाको सडकपट्टिको पसल कवल भने त्यतिबेला पनि भाडामा दिइएकाले अहिलेसम्म पुरानै रुपमा भाडामा दिइएको पाइन्छ। घर पुनर्निर्माण गरिएको छैन। पश्चिम साँधमा ९ तले र पूर्वतिर भवन आधुनिक भवन बनिसकेको छ। 

तर, यो अभागी घरको झ्याल भने त्यस कालो दिनदेखि बन्दको बन्दै छ। मान्छेको मनको चोट केले बुझ्छ? सारा सम्पत्ति र आफ्नो परिवार कति मायालु हुन्छ भन्ने यो घटनाले देखाउँछ। नयाँ सडकको त्यत्रो महत्वपूर्ण व्यापारिक केन्द्रको घर भाडामा लगाउने हो भने पनि करोडौं आम्दानी भइसक्थ्यो। अहिले पनि पचासौं करोड आम्दानी हुन सक्छ। तर त्यो पीडादायी चोटले सम्पत्तिप्रति कत्ति मोह देखिएन। 

यो घरको कथा सम्झँदा मन रुन्छ। त्यो अभागी घरका अभिभावकहरु घर छोडेर हिँडे। कस्तो मनस्थितिमा बाँचे होलान्, कल्पनाभन्दा परको कुरा छ। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैं यो चोटको पीडा त कञ्चनपुरकी निर्मला पन्तका पिता यज्ञराज र माता दुर्गादेवीलाई मात्र थाहा हुन्छ। 

सन्दर्भ स्रोतः 
-जेलमा बीस वर्ष, खड्गमान सिंह बस्नेत 
-बिपीलाई महेन्द्रको चिठी, युवराज गौतम, नागरिक दैनिक ०५ असोज २०७५
-देवेन्द्र गौतम, अनुसन्धानभित्रको अनुसन्धान, पूर्वोक्त युवराज गौतम 

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्