दमक- झापाको दमकमा लडेर एक भुटानी शरणार्थीको मृत्यु भएको छ।
भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सि ४ छाप्रो नम्बर ४४ का ७१ वर्षीय विष्णुकुमार घलेको लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
दिउँसो दमक–५ स्थित क्याम्पस मोड छेउमा लडेर अचेत अवस्थामा फेला परेका उनको आम्दा अस्पताल पुर्याउँदा मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनी छोरालाई भेट्न भन्दै बिहान घरबाट हिँडेका थिए। छोरा प्रकाश गत असोज २४ गते दुर्घटनामा परी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारत छन्।
अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै धनगढी–अत्तरिया सडकको राजपुर भन्ने ठाउँमा भएको दुर्घटनामा कञ्चनपुर गुलरियाका ३० वर्षीय किट्टु राजीको मृत्यु भएको छ। आफूनजिकै ना४ख३३३९ नम्बरको बस देखेर अत्तालिएर अनियन्त्रित हुन पुगेका साइकलयात्री किट्टुको सडकमै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए।
साइकलपछाडि बसेका धनगढीका सत्य राजी सामान्य घाइते भएका छन्। प्रहरीले चालकसहित बसलाई नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।