मेलवर्न– अस्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा भारत विजयी भएको छ। मेलवर्नको भएको टेस्टमा भारतले अस्ट्रेलियालाई १ सय ३७ रनले पराजित गरेको हो। जितसँगै ४ खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ।
भारतले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो इनिङमा २ सय ६१ रनमा अलटआउट भयो।
यसअघि भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। अस्ट्रेलिया भने पहिलो इनिङमा १ सय ५१ रनमै अलआउट हुँद भारतले फराकिलो अग्रता लिन सफल भएको थियो। दोस्रो इनिङमा भारतले १ सय ६ रन बनाएर इनिङ समाप्तीको घोषणा गर्दै ३ सय ९९ रनको लक्ष्य दिएको थियो।
पहिलो इनिङमा भारतका लागि चेतेश्वर पुजाराले १ सय ६ रन जोड्दा कप्तान विराट कोहलीले ८२ र मयंक अग्रवालले ७६ रन जोडेका थिए।
खराब ब्याटिङ गरेको अस्ट्रेलियाको इनिङ ध्वस्त पार्ने क्रममा भारतका जसप्रित बुमराहले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ३ गरी ९ विकेट लिए। उनी खेलको म्यान अफ दि म्याच घोषित भए।
तेस्रो टेस्टमा जित हात पारेसँगै भारतीय कप्तान कोहलीले पूर्वकप्तान सौरभ गांगुलीको रेकर्डसँग बराबरी गरेका छन्। कोहलीले घरबाहिर खेलेका टेस्टमा बढी जित हात पार्ने कप्तानको रेकर्ड बराबरी गरेका हुन्। कोहली र गांगुलीको कप्तानीमा भारतले घरबाहिरको टेस्टमा ११–११ खेलमा जित हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।