सेन्चुरियन–डेल स्टेनले दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने रेकर्ड बनाएका छन्।
तिव्र गतिका बलर स्टेनले बुधबार पाकिस्तानविरुद्ध आफ्नो टेस्ट करिअरमा ४ सय २२ औं विकेट लिँदै रेकर्ड बनाएका हुन्। उनले पाकिस्तान विरुद्ध सेन्चुरियनमा भएको बक्सिङ डे टेस्टमा २ सय २२ औं विकेट लिँदै साउन पोलाकको नाममा रहेको कीर्तिमान भंग गरेका हुन्।
३५ वर्षीय स्टेनले बुधबारको सातौं ओभरमा पाकिस्तानका फकर जमानलाई आउट गरेका थिए। जमानलाई स्टेनले डिन इल्गरबाट स्लिपमा क्याच गराएका थिए।

यसअघि दक्षिण अफ्रिकाका लगि साउनले १ सय ८ खेलमा ४ सय २१ विकेट लिएका थिए। स्टेनले भने ८९ औं खेलमा रेकर्ड बनाउन सफल भए।
स्टेन विश्वका सर्वाधिक विकेट लिने खेलाडीमो उत्कृष्ट १० मा समेत पर्छन्।
यो रेकर्डका लागि स्टेनले धेरै समय कुर्नु पर्यो। किनकी उनले सन् २०१५ मा नै ८० खेलमा ४ सय विकेट पफूरा गरेका थिए। त्यसपछि उनी घाइते हुँदा मैदान उत्रन पाएका थिएनन्।
उनी सर्वाधिक खेलमा पाँच विकेट लिने खेलाडी हुन्। उनले अहिलेसम्म २६ खेलमा पाँच वटा त्यो भन्दा बढी विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।