• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पार्टी बैठकको \'लाइभ कास्ट\' सम्भव छ?

एमालेमै छलफल भएको विषय
64x64
किशोर दहाल सोमबार, पुस ९, २०७५  १९:३१
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा 'लाइभ कास्ट'को विषयले प्रवेश पाएको छ।

पुस ६ गतेको बैठकमा लिलामणि पोखरेलले बैठकको 'लाइभ कास्ट'को कुरा उठाएका थिए। भोलिपल्टको बैठकमा अर्का नेता विष्णु पौडेलले उनको कुरामा समर्थन जनाएका थिए। लिखित प्रतिवेदनमा 'बैठकमा मिडिया प्रवेशको अनुमति' अन्तर्गत उनले लाइभ कास्ट गरौं भन्ने कमरेड लिलामणि पोखरेलको भनाइप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि पौडेलको प्रस्ताव तत्काल कार्यान्वयनको माग गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्– 'नेकपा स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले भन्नुभएछ, ‘पार्टीका बैठकमा मिडियालाई प्रवेशको अनुमति दिऔं। त्यसो गर्दा वक्ता जिम्मेवार भएर बोल्छ र बोलेका कुरा पनि तोडमरोड नभएर सार्वजनिक हुन्छन्।’ यो प्रस्ताव शीघ्र कार्यान्वयन होस्।'

'बैठकमा को कता फर्केर बोल्यो, कुन औंला कता ठड्यायो र कोतिर आँखा तर्‍यो भन्ने रिठ्ठो नबिराई बाहिर आउँछ भने मिडियाकर्मीलाई सीधै पहुँच किन नदिने', प्रश्न गर्दै उनले भनेका छन्, 'बहस गरौं।'
व्यवहारिक रुपमै 'लाइभ कास्ट' सम्भव छ त?

पार्टी महासचिव समेत रहेका पौडेल भन्छन्– सम्भव छ।

कसरी?

'मैले पार्टीको आन्तरिक बैठकमा राखेको कुरा हो', तर्किँदै उनले भने, 'यसबारे अहिल्यै बाहिर नबोलौं होला।'

नेता रिजालले भने यो विषयमा आफ्नै मत छ। 'हाम्रो बैठकका कुनै पनि विषय भित्र नरहने भयो। त्यो कुरा तोडमोड र आफू अनुकूल भएर बाहिर आउने गरेको छ। बोल्दै नबोलेको मान्छेको कुरा पनि यस्तो भन्नुभयो भन्दै बाहिर आउने गरेको छ', उनले भने, 'मेरो जोड बैठकको मर्यादा जोगाउनुपर्‍यो भन्ने हो। नेताहरुले बोलेका विषयमा तोडमोड भएर बाहिर आउनुभन्दा मिडियालाई प्रवेश अनुमति दिऔं भन्न खोजेको हुँ।'

Ncell 2
Ncell 2

'व्यंग्य मात्रै'
तर, बैठकमै 'लाइभ कास्ट'को कुरा गर्ने नेता पोखरेलले भने आफ्नो धारणा व्यंग्य मात्रै भएको बताएका छन्। 'बैठकमा जति कुरा राखिएका छन्, ती सबै छरपस्ट हुने गरेकाले मैले त्यो कुरा व्यंग्यात्मक रुपमा राखेको हुँ', पोखरेलले भने, 'नत्र, बैठकको कुरा लाइभ कास्ट गर्ने हो भने त बैठक नै टुँडिखेलमा गएर गरे भइहाल्यो नि।'

'बैठकमा बोलेका कुराहरुको हुबहु र बोल्दाबोल्दैका कुराहरु बाहिर जाने देखियो', पोखरेलले भने, 'त्यसले पार्टीको संगठनात्मक गोपनीयताको कुरा रहेन। राजनीति खुला भए पनि सांगठनिक कामहरुको सन्दर्भलाई भने कतिपय अवस्थामा गोप्य राख्नुपर्ने हुन्छ। बैठकमा धेरै किसिमका धारणा आउँछन्। राम्रा नराम्रा, आलोचना, विमति र झगडा पार्टीभित्र हुनु स्वभाविक हो। तर ती कुरा जस्ताको तस्तै बाहिर जाँदा आम जनता र कार्यकर्तामा नराम्रो असर पर्छ। त्यसैले यसलाई व्यवस्थित गरौं भनेर मैले लाइभ कास्टको कुरा बोलेको हुँ।'

पौडेलको समर्थनप्रति भने पोखरेलले थप बोल्न चाहेनन्। भने, 'उहाँले जे बुझ्नुभयो। त्यही लेख्नुभयो।'

'लाइभ कास्ट' संसारका कुनै पनि पार्टीले नगर्ने भएकाले यहाँ पनि सम्भव नहुने पोखरेलले बताए।

बैठकमा नेताहरुले बोलेको विषयमा मिडियामा 'अर्कै' रिपोर्टिङ भएको भन्दै भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाउने गरेका छन्। कतिपय बेला भएका भन्दा फरक धारणा आउने गरेका छन्', एक नेताले भने, 'विष्णु रिमाल बोल्दा नेताहरु हाँसे भनेर बाहिर समाचार आयो। त्यो हुँदै नभएको कुरा हो। उहाँ बोल्दा कोही हाँसेका थिएनन्। बरु मात्रिका यादव बोल्दा हाँसो छाएको हो।'

एमाले हुँदै चर्चाको विषय
एमालेका स्थायी समिति सदस्य वेदुराम भुसालले तत्कालीन एमालेको सातौं महाधिवेशन सम्पन्न भएपछि बैठकमा मिडिया प्रवेशको विषयमा कुरा उठाएका थिए। त्यतिबेला पनि पार्टी बैठकमा उठेका धारणाभन्दा फरक धारणा प्रकाशित/ प्रशारित हुन थालेपछि त्यसलाई रोक्न नयाँ ढंगले सोच्नुपर्ने भन्दै अनुशासन निरीक्षण कमिटीमा प्रस्ताव राखेका थिए।

'अनुशासन निरीक्षण कमिटीको सदस्य त्यतिबेला मताधिकार सहितको केन्द्रीय कमिटीको सदस्य हुन्थ्यो। पछिल्लो कालमा हामीले मताधिकार दिएनौं', उनले सम्झिए, 'त्यतिबेला मत नै हाल्न पाइन्थ्यो। त्यसमा मैले अनुशासन कमिटीको तर्फबाट यसरी जाऔं भन्ने प्रस्ताव नै राखेको थिएँ। तर त्यसलाई त्यतिबेला इन्टरटेन गरिएन। प्रस्ताव नै लगिएन।'

'पार्टी प्रचार विभागमा रहनुभएका पत्रकार साथीहरुलाई राखेर बैठक गरौं भन्ने प्रस्ताव गरेको थिएँ। उहाँहरुले नै रिपोर्टिङ गर्नुभयो भने यथार्थ कुरा बाहिर आउँछ। बाहिर आएका कुराहरुमा उहाँहरु नै जिम्मेवार हुनुहुन्छ, उहाँहरुलाई नै जिम्मेवार बनाउने भनेर मैले प्रस्ताव राखेको थिएँ', भुसालले भने, 'आम पत्रकारलाई नै राख्ने भन्नेचाहिँ होइन।'

अहिले उठेको कुराचाहिँ व्यंग्यकै रुपमा उठेको हो भन्ने लाग्छ भुसाललाई पनि। 'यो व्यंग्य गर्ने विषय होइन', उनले भने, 'साँच्चै नै गर्ने हो भने मैले उतिबेला गरेकै प्रस्ताव नै उपयुक्त हो। त्यो व्यवहारिक र सान्दर्भिक पनि हुन्छ। सबै पत्रकारलाई खुला गर्ने भन्ने त पार्टीको नीति हुँदैन।'

प्रचार विभागकै साथीहरुले मात्रै बैठकको कुरा बाहिर ल्याइदिनुभयो भने त्यो आधिकारिक र व्यवस्थित हुने तथा सबै नेताले बाहिर बोल्दै हिँड्नु नपर्ने नेता भुसालको तर्क छ। 'गर्ने हो भने त्यही गर्न सकिन्छ', उनले भने, 'नत्र भने, पार्टी खुला छ। जनताको निगरानीमा छ। जनताप्रति उत्तरदायी भनिएको छ। पार्टीको आन्तरिक विषयहरु बाहिर गयो भनेर चिन्ता लिनुपर्ने विषय हो भन्ने लाग्दैन। तर तोडमोड भएर बाहिर जाने कुराचाहिँ गलत हो।'

'तोडमोड नहोस् भन्ने हो भने कसैलाई जिम्मेवारी दिनुपर्‍यो', उनले भने, 'जिम्मा दिने अरु कसैलाई होइन, प्रचार विभागलाई नै हो।'

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्