• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पार्टी बैठकको \'लाइभ कास्ट\' सम्भव छ?

एमालेमै छलफल भएको विषय
64x64
किशोर दहाल सोमबार, पुस ९, २०७५  १९:३१
1140x725

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा 'लाइभ कास्ट'को विषयले प्रवेश पाएको छ।

पुस ६ गतेको बैठकमा लिलामणि पोखरेलले बैठकको 'लाइभ कास्ट'को कुरा उठाएका थिए। भोलिपल्टको बैठकमा अर्का नेता विष्णु पौडेलले उनको कुरामा समर्थन जनाएका थिए। लिखित प्रतिवेदनमा 'बैठकमा मिडिया प्रवेशको अनुमति' अन्तर्गत उनले लाइभ कास्ट गरौं भन्ने कमरेड लिलामणि पोखरेलको भनाइप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि पौडेलको प्रस्ताव तत्काल कार्यान्वयनको माग गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्– 'नेकपा स्थायी समिति बैठकमा महासचिव विष्णु पौडेलले भन्नुभएछ, ‘पार्टीका बैठकमा मिडियालाई प्रवेशको अनुमति दिऔं। त्यसो गर्दा वक्ता जिम्मेवार भएर बोल्छ र बोलेका कुरा पनि तोडमरोड नभएर सार्वजनिक हुन्छन्।’ यो प्रस्ताव शीघ्र कार्यान्वयन होस्।'

'बैठकमा को कता फर्केर बोल्यो, कुन औंला कता ठड्यायो र कोतिर आँखा तर्‍यो भन्ने रिठ्ठो नबिराई बाहिर आउँछ भने मिडियाकर्मीलाई सीधै पहुँच किन नदिने', प्रश्न गर्दै उनले भनेका छन्, 'बहस गरौं।'
व्यवहारिक रुपमै 'लाइभ कास्ट' सम्भव छ त?

पार्टी महासचिव समेत रहेका पौडेल भन्छन्– सम्भव छ।

कसरी?

'मैले पार्टीको आन्तरिक बैठकमा राखेको कुरा हो', तर्किँदै उनले भने, 'यसबारे अहिल्यै बाहिर नबोलौं होला।'

नेता रिजालले भने यो विषयमा आफ्नै मत छ। 'हाम्रो बैठकका कुनै पनि विषय भित्र नरहने भयो। त्यो कुरा तोडमोड र आफू अनुकूल भएर बाहिर आउने गरेको छ। बोल्दै नबोलेको मान्छेको कुरा पनि यस्तो भन्नुभयो भन्दै बाहिर आउने गरेको छ', उनले भने, 'मेरो जोड बैठकको मर्यादा जोगाउनुपर्‍यो भन्ने हो। नेताहरुले बोलेका विषयमा तोडमोड भएर बाहिर आउनुभन्दा मिडियालाई प्रवेश अनुमति दिऔं भन्न खोजेको हुँ।'

Ncell 2
Ncell 2
nimb
nimb

'व्यंग्य मात्रै'
तर, बैठकमै 'लाइभ कास्ट'को कुरा गर्ने नेता पोखरेलले भने आफ्नो धारणा व्यंग्य मात्रै भएको बताएका छन्। 'बैठकमा जति कुरा राखिएका छन्, ती सबै छरपस्ट हुने गरेकाले मैले त्यो कुरा व्यंग्यात्मक रुपमा राखेको हुँ', पोखरेलले भने, 'नत्र, बैठकको कुरा लाइभ कास्ट गर्ने हो भने त बैठक नै टुँडिखेलमा गएर गरे भइहाल्यो नि।'

'बैठकमा बोलेका कुराहरुको हुबहु र बोल्दाबोल्दैका कुराहरु बाहिर जाने देखियो', पोखरेलले भने, 'त्यसले पार्टीको संगठनात्मक गोपनीयताको कुरा रहेन। राजनीति खुला भए पनि सांगठनिक कामहरुको सन्दर्भलाई भने कतिपय अवस्थामा गोप्य राख्नुपर्ने हुन्छ। बैठकमा धेरै किसिमका धारणा आउँछन्। राम्रा नराम्रा, आलोचना, विमति र झगडा पार्टीभित्र हुनु स्वभाविक हो। तर ती कुरा जस्ताको तस्तै बाहिर जाँदा आम जनता र कार्यकर्तामा नराम्रो असर पर्छ। त्यसैले यसलाई व्यवस्थित गरौं भनेर मैले लाइभ कास्टको कुरा बोलेको हुँ।'

पौडेलको समर्थनप्रति भने पोखरेलले थप बोल्न चाहेनन्। भने, 'उहाँले जे बुझ्नुभयो। त्यही लेख्नुभयो।'

'लाइभ कास्ट' संसारका कुनै पनि पार्टीले नगर्ने भएकाले यहाँ पनि सम्भव नहुने पोखरेलले बताए।

बैठकमा नेताहरुले बोलेको विषयमा मिडियामा 'अर्कै' रिपोर्टिङ भएको भन्दै भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाउने गरेका छन्। कतिपय बेला भएका भन्दा फरक धारणा आउने गरेका छन्', एक नेताले भने, 'विष्णु रिमाल बोल्दा नेताहरु हाँसे भनेर बाहिर समाचार आयो। त्यो हुँदै नभएको कुरा हो। उहाँ बोल्दा कोही हाँसेका थिएनन्। बरु मात्रिका यादव बोल्दा हाँसो छाएको हो।'

एमाले हुँदै चर्चाको विषय
एमालेका स्थायी समिति सदस्य वेदुराम भुसालले तत्कालीन एमालेको सातौं महाधिवेशन सम्पन्न भएपछि बैठकमा मिडिया प्रवेशको विषयमा कुरा उठाएका थिए। त्यतिबेला पनि पार्टी बैठकमा उठेका धारणाभन्दा फरक धारणा प्रकाशित/ प्रशारित हुन थालेपछि त्यसलाई रोक्न नयाँ ढंगले सोच्नुपर्ने भन्दै अनुशासन निरीक्षण कमिटीमा प्रस्ताव राखेका थिए।

'अनुशासन निरीक्षण कमिटीको सदस्य त्यतिबेला मताधिकार सहितको केन्द्रीय कमिटीको सदस्य हुन्थ्यो। पछिल्लो कालमा हामीले मताधिकार दिएनौं', उनले सम्झिए, 'त्यतिबेला मत नै हाल्न पाइन्थ्यो। त्यसमा मैले अनुशासन कमिटीको तर्फबाट यसरी जाऔं भन्ने प्रस्ताव नै राखेको थिएँ। तर त्यसलाई त्यतिबेला इन्टरटेन गरिएन। प्रस्ताव नै लगिएन।'

'पार्टी प्रचार विभागमा रहनुभएका पत्रकार साथीहरुलाई राखेर बैठक गरौं भन्ने प्रस्ताव गरेको थिएँ। उहाँहरुले नै रिपोर्टिङ गर्नुभयो भने यथार्थ कुरा बाहिर आउँछ। बाहिर आएका कुराहरुमा उहाँहरु नै जिम्मेवार हुनुहुन्छ, उहाँहरुलाई नै जिम्मेवार बनाउने भनेर मैले प्रस्ताव राखेको थिएँ', भुसालले भने, 'आम पत्रकारलाई नै राख्ने भन्नेचाहिँ होइन।'

अहिले उठेको कुराचाहिँ व्यंग्यकै रुपमा उठेको हो भन्ने लाग्छ भुसाललाई पनि। 'यो व्यंग्य गर्ने विषय होइन', उनले भने, 'साँच्चै नै गर्ने हो भने मैले उतिबेला गरेकै प्रस्ताव नै उपयुक्त हो। त्यो व्यवहारिक र सान्दर्भिक पनि हुन्छ। सबै पत्रकारलाई खुला गर्ने भन्ने त पार्टीको नीति हुँदैन।'

प्रचार विभागकै साथीहरुले मात्रै बैठकको कुरा बाहिर ल्याइदिनुभयो भने त्यो आधिकारिक र व्यवस्थित हुने तथा सबै नेताले बाहिर बोल्दै हिँड्नु नपर्ने नेता भुसालको तर्क छ। 'गर्ने हो भने त्यही गर्न सकिन्छ', उनले भने, 'नत्र भने, पार्टी खुला छ। जनताको निगरानीमा छ। जनताप्रति उत्तरदायी भनिएको छ। पार्टीको आन्तरिक विषयहरु बाहिर गयो भनेर चिन्ता लिनुपर्ने विषय हो भन्ने लाग्दैन। तर तोडमोड भएर बाहिर जाने कुराचाहिँ गलत हो।'

'तोडमोड नहोस् भन्ने हो भने कसैलाई जिम्मेवारी दिनुपर्‍यो', उनले भने, 'जिम्मा दिने अरु कसैलाई होइन, प्रचार विभागलाई नै हो।'

प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्