लन्डन– टोटनह्यामले इंग्लिस प्रिमियर लिगको जारी सिजनमा ११ मध्ये ९ खेलमा जित हात पारेको छ। टोटनह्यामले आइतबार राति भएको खेलमा एभर्टनमाथि ६–२ को जित हात पारेको हो।
टोटनह्यामको जितमा एसियन स्टार सन हेउन मिनले खेलको २७ र ६१ मिनेटमा गोल गरे। यस्तै डेल अलीले ३५ मिनेटमा दोस्रो गोल गरेका थिए। कप्तान ह्यारी केनले पनि २ गोल गर्न सफल भए। उनले ४२ र ७४ मिनेटमा गोल गरका थिए। त्यसअघि इरिक्सनले ४८ मिनेटमा गोल गरेका थिए।
टोटनह्यामले प्रिमियर लिगको अवे खेलमा ६ गोल वा यो भन्दा बढी गोल गरेको यो चौथो पटक हो।
लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको १८ खेलबाट ४२ अंक छ। शीर्ष स्थानको लिभरपुलको ४८ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।