काठमाडौं- शनिबार उपाधि होडमा रहेका २ क्लब बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई फाइदा पुगेको छ।
दिनको पहिलो खेलमा तेस्रो स्थानको थ्रीस्टार क्लबलाई च्यासल युथ क्लबले गोलरहित बराबरीमा रोकेको थियो।
दोस्रो खेलमा दोस्रो स्थानको संकटा क्लब पनि बराबरीमा रोकियो। संकटलाई ब्रिगेड ब्वाइज क्लबले बराबरीमा रोकेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १३ मिनेटमा संकटाले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको थियो। संकटाका फरवार्ड एलेन म्याक्सवेललाई ब्रिगेडका रन्दिप पौडेलले गोल गरेपछि संकटालाई पेनाल्टी दिइएको थियो। पेनाल्टीमा अमित तामाङले गोल गरे।
२८ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्काउन सफल भयो। उसका जय गुरुङले सशक्त प्रहार गर्दै बललाई जाली चुमाएका थिए।
बराबरीपछि दोस्रो स्थानको संकटाको १० खेलबाट २५ अंक भएको छ। तेस्रो स्थानको थ्रीस्टारको २३ अंक छ। एक खेल कम खेलेको मनाङको २७ अंक छ। लगातार ९ खेलमा जित हात पारेको मनाङले दशौं चरणमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। एघारौं चरणमा मनाङले संकटासँग खेल्दैछ। यी दुवै खेल जिते मनाङले २ खेलअघि नै लिगको उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।