काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा रहेको थ्रीस्टार क्लबको यात्रामा धक्का लागेको छ। थ्रीस्टार लगातार दोस्रो खेलमा बराबरीमा रोकिएसँगै उपाधि यात्रामा धक्का लागेको हो।
थ्रीस्टारलाई शनिबार भएको खेलमा च्यासल युथ क्लबले गोलरहित बराबरीमा रोकेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासलले पहिलो हाफमा थ्रीस्टारलाई दबाब दिएको थियो। दोस्रो हाफमा दुवै टिम फिनिङसिङमा चुकेका थिए।
अघिल्लो खेलमा थ्रीस्टारलाई त्रिभुवन आर्मी क्लबले १-१ गोलको बराबरीमा रोकेको थियो।
बराबरीसँगै तेस्रो स्थानमा सीमित थ्रीस्टारको १० खेलबाट २३ अंक भएको छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको ९ खेलबाट २७ अंक छ भने दोस्रो स्थानको संकटाको पनि ९ खेलबाट २४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।