• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भिएलएनका सञ्चालक श्रेष्ठको ४ म्यानपावर कम्पनीमा लगानी, ५ वर्षमा मलेसिया जाने साढे ७ लाख कामदार ठगिए  

64x64
नेपाल लाइभ शनिबार, पुस ७, २०७५  ११:१७
1140x725

काठमाडौं- मलेसिया जाने कामदारमाथि दुई संस्था खडा गरी आर्थिक शोषण गरेको मुद्दा खेपिरहेका भिएलएन र ओएससीका सञ्चालक रामप्रसाद श्रेष्ठले ४ वटा म्यानपावर कम्पनीमा प्रत्यक्ष लगानी गरेको पाइएको छ। 

मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरी ठगी गरेको आरोप लागेका भिएलएनका अध्यक्ष श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले गत हप्ता मात्र सफाइ दिएको थियो।

श्रेष्ठले वाइड स्पेस इन्टरनेसनल प्रालि (लाइसेन्स नम्बर ३८९) राम श्रेष्ठ र जासुदेव श्रेष्ठका नाममा वैदेशिक रोजगार विभागमा दर्ता गरेका छन्। विकलहरि राजभण्डारीको नाममा दर्ता भएको ब्लुबर्ड ओभरसिज प्रालि (लाइसेन्स नम्बर ३०८) मा पनि  श्रेष्ठले लगानी गरेको पाइएको छ। भूमिपुत्र फरेन इम्पोलिमेन्ट ओभरसिज प्रालि (लाइसेन्स नम्बर १०९४) मा वासुदेव श्रेष्ठ र यज्ञाप्रसाद कुवँरमार्फत उनको लगानी रहेको छ भने माइलस्टोन ओभरसिज प्रालि (लाइसेन्स नम्बर ७१०) मा पनि लगानी रहेको भेटिएको छ। 

भिएलनका सञ्चालकसमेत रहेका श्रेष्ठले यी म्यानपावरमा लगानी गरेर खाडीका देश र मलेसिया कामदार आपूर्ति गर्दै आएका छन्। श्रेष्ठले ती ४ म्यानपावर कम्पनी आफन्तमा नाममा दर्ता गरेर लगानी गरेको पाइएको हो।

यस विषयमा उनीसँग थप बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन्। 'हामीलाई व्यवसाय गर्ने स्वतन्त्रता छ' भन्दै फोन काटे।

श्रेष्ठको लगानी गरेका म्यानपावरका नाममा सयभन्दा धेरै उजुरी वैदेशिक रोजगार विभागमा दर्ता छन्। त्यसमध्ये विभागको मुद्दा शाखामा ६० वटा उजुरी फर्स्यौट हुन बाँकी छ।

वैदेशिक रोजगार ऐन २०६४ मा २३ लाख बैंक ग्यारेन्टी र ७ लाख नगद गरी ३० लाख धरौटी राखे मात्रै म्यानपावर कम्पनी दर्ता गरी सञ्चालन गर्ने पाउने व्यवस्था छ। तर, एउटै व्यक्तिले धेरै म्यानपावर कम्पनीमा लगानी गर्दा एउटा म्यानपावरको कामकारबाही रोक्दा गर्दा उनीहरुले अर्को कम्पनीबाट सेटिङ मिलाउने गर्छन्। जसका कारण अहिले वैदेशिक रोजगार ऐन संशोधनको अन्तिम तयारीमा छ। जसमा कामदार वैदेशिक रोजगारीमा पठाएको आधारमा एउटा म्यानपावरको धरौटी ४ देखि ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ।  

गत जेठ २ गते मलेसिया जाने कामदारमाथि सिन्डिकेट लगाउँदै रकम असुली गर्ने संस्थाहरु खारेज गर्ने सरकारले निर्णय गरेको थियो। त्यसलगत्तै प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, बोयोमेट्रिक, वान स्टप सेन्टर (ओएससी) भिएलएन, माइग्राम र जिएसजी कम्पनीमा छापा मार्यो। त्योसँगै मलेसिया जाने युवाहरूसँग सरकारले तोकेभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा ५ वटा संस्था खारेज भए। यिनै संस्थाका नाममा अवैध रूपमा रकम असुली गरिरहेका श्रेष्ठ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगे। तर सर्वोच्चले उनीहरूको पक्षमा आदेश जारी गरेन। उनीहरु केही समय मौन बसे। 

nimb
nimb
Ncell 2
Ncell 2

ठगीकै विषयलाई लिएर उपत्यकाका तीनै जिल्ला अदालतमा श्रेष्ठसहित कैलाश खड्का, गोविन्द थपलिया लगायत ३९ वटा मेडिकल संस्था विरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा ललितपुर जिल्ला अदालतले भने जाहेरीवालाको बयानबिना नै श्रेष्ठलाई सफाइ दिएको छ। कैलाश खड्का र गोविन्द थपलिया भने प्रहरीको फरार सूचीमा छन्।

५ वर्षमा साढे ७ लाख कामदार ठगिए  
५ वर्षमा भिएलएन र ओएसीमार्फत साढे ७ लाख कामदार ठगिएका छन्। २०७० चैतदेखि मलेसिया जाने कामदारमाथि आर्थिक भार थपिने गरी भिएलएनले रकम असुल गर्न थालेको थियो। भिएलएन नहुँदासम्म मलेसियाको रोजगारीमा जाने कामदारले भिसा स्टाम्पिङका लागि ७ सय रुपैयाँ मात्र तिर्दै आएका थिए। तर, यो संस्था जन्मेसँगै शुल्क बढेर मूल्य अभिवृद्धि करबाहेक ३ हजार २ सय रुपैयाँ पुर्याइयो।

सो संस्थामार्फत ६ लाख २ हजार ८ सय ३३ कामदार मलेसिया पुगिसकेको सरकारी तथ्यांक छ। भिएलएन नामको संस्था खडा भएपछि रोजगारीका लागि गएका कामदारले थप तिरेको करबाहेक ३२ सय रुपैयाँका दरले मात्रै झन्डै २ अर्ब रुपैयाँ असुली भएको देखिन्छ। 

ओएससी (वन स्टेप सेन्टर) भने २०७३ असोजबाट सुरु भएको हो। यो संस्था खडा गरी कामदारमाथि थप २८ सय रुपैयाँ आर्थिक भार थपिएको थियो। महाराजगन्जमा पासपोर्ट संकलन गरी यसले सानेपाको मलेसियन दूतावाससम्म लैजाने थियो। ओएससीबाट रोजगारीका लागि एक लाख ६१ हजार एक सय ३ जना कामदार मलेसिया पुगिसकेका छन्। यसरी जाने कामदारबाट करबाहेक मात्रै ४५ करोड १० लाख ८८ हजार ४ सय रुपैयाँ अवैधानिक रूपमा संकलन गरेको थियो।

यी दुई संस्थामार्फत गएका ५ वर्षमा ७ लाख ६३ हजार १ सय ३ जना कामदार ठगिएका छन्। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता
सुनको मूल्य स्थिर
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता शुक्रबार, चैत २०, २०८२
सुनको मूल्य स्थिर शुक्रबार, चैत २०, २०८२
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री शुक्रबार, चैत २०, २०८२
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
रास्वपाले चुनाव जित्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनको योगदान छ : बादल बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्