लिभरपुल- इंग्लिस प्रिमियर लिगको लिड लिडर लिभरपुलले निरन्तर जित हात पारेको छ। लगातार जित हात पार्ने क्रममा लिभरपुलले शुक्रबार राति वुल्भ्स्लाई २-० गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहमद सलाहले १८ मिनेटमा पहिलो गोल गरे। फाबियानोले साडियो मानेसँग वान टुव वान पास खेल्दै सलाहलाई क्रसमार्फत पास मिलाएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको लिभरपुलका लागि ६८ मिनेटमा भान डिकले दोस्रो गोल गरे। डच डिफेन्डर डिकले सिक्स यार्ड बक्सबाट देब्रे खुट्टाले भली सर्ट प्रहार गरेर बललाई गोलपोस्टको दिशा दिए।
जितसँगै शीर्ष स्थानको लिभरपुलले १८ खेलबाट ४८ अंक जोडेको छ। योसँगै लिभरपुल क्रिसमसअघि शीर्ष स्थानमा रहने पक्का भएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ तथा तेस्रो स्थानको टोटनह्यामको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।