काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को दोस्रो संस्करणको उपाधिका लागि आज १२:३० मा ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्सबीच खेल हुँदैछ। खेल कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ।
गत संस्करणको उपविजेता भैरहवाले दोस्रो क्लालिफायरमा काठमाडौं किंग्स ११ लाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। कप्तान शरद भेषवाकरले तेस्रो पटक इपिएलको फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पहिलो खेल हारे पनि त्यसयता लगातार ५ खेलमा जित हात पारेको छ। भारतीय खेलाडीहरु गौरव तमोर, जयकिशन कोल्सावाल र सनी पटेल प्रेरित ललितपुरले उपाधि जिते ज्ञानेन्द्रले पहिलो फ्रेन्चाइज लिगको उपाधि चाख्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।