मोगादिसु – सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ।
सोमालियाको राजाधानी मोगादिसुबाट करिब ४० किलोमिटर उत्तरमा बेलेद अमिन भन्ने स्थानमा गरिएको हवाई आक्रमणमा ती लडाकू मारिएको यु.एस. अफ्रिका कमान्ड (अफ्रिकम) द्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ।
वक्तव्यमा सोमालीयाको सरकारी फौज र अफ्रिकी युनियन मिसन (अमिसोम)मा खटिएका सेनाले अल–सबाबका सैनिक अखाडा नष्ट गर्नेगरी कारबाही गरिरहेको बताइएको छ।
कारबाहीका क्रममा अमेरिकी र अन्य सैन्य टोलीमाथि कुनै किसिमको क्षति नभएको पनि विज्ञप्तिमा उल्लेख छ।
सोमालियाको राजधानी मोगादिसुलाई लक्षित गरी अल–सबाबले आक्रमण गर्ने योजना बनाएको अमेरिकी दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।