काठमाडौं– अस्ट्रेलियाको बिस बास लिग (बिबिएल) मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले बलिङ गरेको पहिलो ओभरमै २ विकेट लिएका हुन्।
सन्दीपले सिड्नी थन्डरका कप्तान सेन वाट्सन र फर्ग्युसनलाई आउट गरेका हुन्। उनले पहिलो ओभरमा ३ रनमा मात्र खर्चिए।
मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलले सन्दीपलाई आठौं ओभरमा बल थपमाएका थिए। सन्दीपको दोस्रो बलमा सेन वाट्सनलाई आउट गरे। वाट्सनलाई २२ रन बनाएर खेलेका लार्किनले बाउन्ड्रीमा क्याच गरे। ओभरको अन्तिम बेलमा सन्दीपले कालुम फर्ग्युसनलाई आफ्नो सिकार बनाए। १५ रन बनाएर खेलिरहेको अवस्थामा फर्ग्युसनलाई सन्दीपले आफैले क्याच गरेका थिए।
बाँकी३ ओभरमा भने सन्दीपले विकेट लिएन सकेनन्।
दशौं ओभर पनि बलङ गरेको सन्दीपले यो ओभर भने १ चौका खादा ६ रन खर्चिए। १२औ ओभरमा १३ रन खर्चिएका सन्दीपले १४ औ ओभरमा १४ रन दिए। उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिँदा ३६ रन खर्चिए।
सन्दीपको टिम मेलवर्नले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सिड्नीले पहिले ब्याटिङ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।