काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गर्ने पक्का भएको छ। मेलवर्न स्टार्सको पहिलो रोजाइको टिममा परेसँगै सन्दीपले डेब्यू गर्ने पक्का भएको हो।
सन्दीपको टिम मेलवर्नले अहिले क्यानबेरामा सिड्नी थन्डरविरुद्ध खेलिरहेको छ। मेलवर्नले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
यसअघि मेलवर्नले घोषणा गरेको १३ सदस्यीय टिममा सन्दीप परेका थिए।
मेलवर्न स्टार्स – वेन डन्क, त्रविस डिन, निक लार्किन, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, ड्वायन ब्राभो, इभन गुल्बिस, एडम जाम्पा, सन्दीप लामिछाने, ज्यासन कोलम्यान, मिचल बियर
सिड्नी थन्डर– सेन वाट्सन, जोस बटलर, कलुम फर्ग्युसन, जोए रुट, जासन सांघा, डानियल साम्स, क्रिस ग्रिन, नाथम म्याएन्ड्रिउ, गुरिन्धर सिन्धु, साम रेनबर्ड, फवाद अहमेेद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।