वालिङ– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई आज पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेस गरिएको छ।
ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मङ्सिरमा जिल्ला अदालत स्याङ्जामा मुद्दा हालेकी थिइन्। विसं २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एक÷एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उनीहरु त्यसयता फरार रहेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।