Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जाडोमा कठ्याङ्ग्रिँदै पढ्छन् म्याग्दीका विद्यार्थी

त्रिपाल टा‌ँगेर पठनपाठन
64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०७५  १६:४९
1140x725

बेनी– नजिकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो। छेउमै बग्ने रघुगङ्गा नदीको ठन्डी हावाले विद्यार्थीहरू कठ्याङ्ग्रिने गर्छन्। रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने गरेको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरूको भोगाइ हो यो।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस विद्यालयमा त्रिपाल टाँगेर बनाइएका टहरामा विद्यार्थीहरूलाई पठनपाठन गराउने गरिएको छ।

खोलाले विद्यालय भवन बगाउँदा सात वटा कक्षा कोठा पूर्ण क्षति भएको छ। कक्षा कोठाको अभाव भएकाले अहिले बाल कक्षादेखि ६ कक्षासम्मलाई खुलाचौरमा बनाइएको अस्थायी टहरामा राखेर पठनपाठन गराइँदै आइएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले बताए।

'विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवन पनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अवस्था छैन, अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ। तर, त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छु,' प्रअ छन्त्यालले भने।

विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अगुवाइमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाइएको थियो। अहिले सोही त्रिपालको टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दैआएका छन्।

कक्षा ६ मा अध्ययन गर्दै आएका दिप्शन घर्तिले चिसो मौसममा टहरामुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए। त्रिपालले छाएको टहराको दायाँबायाँ खुला छ। हिमालको नजिक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरू जाडोले कठ्याङ्ग्रिने समस्या रहेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताए।

'विद्यालय भताभुङ्ग अवस्थामा छ, बाल कक्षादेखि ६ कक्षासम्मका बालबिलका टहरामा बसेर पढ्न बाध्य छन्, बालबालिकालाई रमाइलो वातावरणमा पढ्ने वातावरण सिर्जना गर्नुपर्ने हो तर, कक्षा कोठाको अभावले सम्भव हुन सकेको छैन,' शिक्षक विश्वकर्माले भने।

nimb
nimb
Ncell 2
Ncell 2

टहरामा बसेर अध्ययन गर्दा चिसोले सताउने गरेको कक्षा ४ मा अध्ययनरत छात्रा करुणा घर्तिले बताए।

कक्षा कोठामा अध्ययन गर्दा पढाइतर्फ ध्यान जाने गरे पनि टहरामा अध्ययन गर्दा चिसो र खुला भएकाले पढाइप्रति ध्यान केन्द्रित गर्न कठिनाइ भएको अर्का विद्यार्थी सन्दिप बुढाथोकीले बताए।

त्रिपाल टाँगेर बनाइएको टहरामा पठनपाठन गराउँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो भए पनि वैकल्पिक व्यवस्था नहुँदा थप समस्या भएको छ। चिसोले गर्दा विद्यार्थीहरु बिरामी पर्ने खतरासमेत बढेको विद्यालयका शिक्षक विकास ढकालले बताए।

'पठनपाठन नै बन्द गरेर बस्ने कुरा भएन, चिसो अत्यधिक बढेको छ, बालबालिकाहरुलाई टहरामा राखेर पढाउँदा निकै सकस भएको छ, कतै बालबालिका विरामी हुने पो हुन् कि भन्ने डर बढेको छु, शिक्षक ढकालले भने।

रघुगङ्गा नदीमा आएको भीषण बाढीको कटानले यस विद्यालयको ३ वटा भवनलाई नराम्ररी क्षति पारेको छ भने शौचालयहरु समेत बगाइदिएको छ।

कटानले गर्दा अहिले विद्यालयमा अध्यापन गराइरहेकै छेउबाट खोला बग्ने गरेको छ। बाँकी रहेका पूर्वाधारसमेत जोखिममा परेको कारण विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए।

उनले विद्यार्थीहरुलाई जस्तोसुकै अवस्थामा रहे पनि अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले जग्गा खोजी र पूर्वाधार निर्माणका लागि स्रोत जुटाउने पहल भैरहेको जानकारी दिए।

जग्गा प्राप्तिमा समस्या

रघुगङ्गा नदीमा आएको भीषण बाढीले रितुङ्ग माविमा ५ करोड रुपैयाँ भन्दा बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनाएपछि अहिले यस विद्यालयको पुनःनिर्माण गर्न अभियान थालिएको छ।

स्थानीयवासीको पहलमा विद्यालयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिए पनि उपयुक्त जग्गा प्राप्ति र पूर्वाधार बनाउन बजेटको अभाव छ। विद्यालय स्थापना भएको २८ वर्षसम्म सरकारी र स्थानीयवासीको पहलमा निर्माण भएका पूर्वाधार बाढीले क्षति पार्दा यस विद्यालयले ठूलो भौतिक सङ्कट व्यहोरेको छ।

अहिले विद्यालय रहेको ठाउँमा नदी कटानको उच्च जोखिम रहेकाले नजिकै रहेको ठाउँमा जग्गा खोजी गरे पनि कतिपय व्यक्तिहरु जग्गा उपलब्ध गराउन मञ्जुर नभएका र कतिपय ठाउँ सुरक्षित नभएकाले समस्या भएको प्रअ छन्त्यालले बताए।

यस विद्यालयमा अहिले कुइनेखानी, मङ्गलेखानी, पात्लेखर्क, दुवाडी, घ्यासीखर्क, चौरखानी, दुलेखर्क, गौँडामुनी, नामीला, मूलपानी, रायखोरलगायतका ठाउँका १५० भन्दा बढी बालबालिका अध्ययनरत छन्।

पुनःनिर्माणमा सघाउँदै प्रवासी 

कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ्ग माविको पुनःनिर्माणका लागि प्रवासीहरूले सघाउन थालेका छन्।

 अध्ययन, रोजगार र व्यापार व्यवसायको सिलसिलामा विभिन्न देशमा पुगेका कुइनेमङ्गलेवासीको पहलमा विद्यालयको पुनःनिर्माणका लागि अर्थ सङ्कलन गर्न थालिएको हो।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढी र कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि अहिलेसम्म करीब १८ लाख सहयोग जुटेको छ।

बेलायत, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकमा रहेका कुइनेमङ्गलेवासीले अहिले आफ्नो जन्मथलोमा रहेको एक मात्रै माध्यमिक विद्यालयको पुनःनिर्माणमा आर्थिक सहयोग गर्न अभियान थालेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले गाउँपालिका हुँदै सरकारी क्षेत्रबाट समेत विद्यालयको पुनःनिर्माणमा पहल भैरहेको बताउँदै देश विदेशमा रहेका सहयोगदाताहरुलाई समेत सक्दो सहयोग गरी दुर्गम बस्तीका बालबालिकाहरुलाई सहज रुपमा अध्ययन गर्ने वातावरण बनाइदिन आह्वान गरेका छन्

प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्