न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो नाममा रहेको ‘फाउन्डेसन’ बन्द गर्न सहमत भएका छन्।
न्युयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएका हुन्।
ट्रम्प फाउन्डेसनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए।
एक विज्ञप्तिमा अन्डरउडले ट्रम्प फाउन्डेसन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी थिइन्।
उक्त परोपकारी संस्था बन्द हुने सर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने स्पष्ट पारेका छन्।
उनले संस्था बन्द हुन लाग्नुलाई कानुनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताए।
गत जुनमा एउटा ट्विट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।