वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सिरियामा सक्रिय जिहादी शून्य समुदायको संगठन इस्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्विट सन्देश लेख्दै बताएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सिएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भैसकेको दाबी गरेका हुन्।
आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक अधिकारीले भने, ‘सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयारी भइरहेको छ।’
उनले थपे, ‘हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।