काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा विवादमा परेका छन्।
अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिग बास लिग (बिबिएल) खेल्न मेलवर्न रहेका सन्दीप नेपाल फेस्टिबल मेलवर्नमा सहभागी भएका थिए। कार्यक्रम सकिएपछि सन्दीपले असन्तुष्टि जनाएको भन्दै अस्ट्रेलियामा रहेका नोर्गेन नोर्बुले फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन्। जहाँ सन्दीपमाथि विभिन्न आरोप लगाइएको छ।
पोस्टलाई 'कोट' गर्दै सन्दीपले सबै कुरा झुट भएको भन्दै स्पष्टीकरण दिएका छन्। पोस्टमा धेरैले सन्दीपको समर्थन गर्दै खेलमा केन्द्रित हुन सुझाव दिएका छन्।
अस्ट्रेलिया रहेर क्रिकेट खेल्दै आएका सुनाम गौतमले पनि सन्दीपको समर्थनमा कमेन्ट गरेका छन्। उनले सबै कुरा भ्रम भएको भन्दै सन्दीपलाई समर्थन गर्न आग्रह गरेका छन्।
सन्दीप बिबिएल खेल्न गत साता अस्ट्रेलिया गएका थिए। सन्दीप मेलवन स्टार्ससँग आवद्ध छन्। मेलवनको पहिलो खेल शुक्रबार सिड्नी थन्डरविरुद्ध छ।
सन्दीपको प्रतिक्रिया

क्रिकेटर सुनाम गौतमको कमेन्ट

सन्दीपलाई लगाइएको आरोप


सर्वसाधारणको प्रतिक्रिया




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।