काठमाडौं- रोज सुनामी राईद्वारा स्वरवद्ध 'मरी लानु के नै छ र, दुई दिने जीवनमा' बोलको गीत सार्वजनिक भएको छ।
देवेश राईको शब्द र संगीत रहेको गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो। युट्युबमा भिडियोसमेत सार्वजनिक गीतको बीच–बीचमा मिसाइएको साकेलाको लय थप आकर्षण बनेको छ।
दिनेश माङमुले निर्देशन गरेको भिडियोमा धरानको मनोरमस्थल समेटिएको छ। भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन्।
७ वर्षअघि गायक रोज पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भएका थिए। उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोकभाकामा आधारित गीत रेकर्डिङ क्रममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।