एजेन्सी– बलिउड क्विन कंगना रनौट अभिनित फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ जनवरी २५ मा रिलिज हुँदैछ। तर, यो फिल्म रिलिज हुनुअगावै विवादमा तानिएको छ।
फिल्ममा अंग्रेज अफिसरको भूमिका निर्वाह गरेका अभिनेता एन्डी वाच इचले निर्मातामाथि पारिश्रमिक नदिएको आरोप लगाएपछि यो फिल्म विवादमा तानिएको हो।
वाचले ट्रेलर रिलिज भएपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मणिकर्णिकाको ट्रेलर रिलिज भयो। तर, मलाई प्रोडक्सन हाउसले काम गरेको पारिश्रमिक दिएको छैन।’
१८ डिसेम्बरमा यो फिल्मको ट्रेलर रिलिज भएको थियो। वाचले यस्तो पोष्ट गरेपछि मर्णिकर्णिका टिममा सनसनी मच्चिएको समाचार बाहिर आएको छ।
यो फिल्ममा कंगनाका अलावा अंकिता लोखन्डे, डेनी जस्ता कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।