• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लगानीकर्ताको आवरणमा राजनीति, समर्थनमा पुगे दलका नेता

अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी : अनसनकारी
64x64
नेपाल लाइभ बुधबार, पुस ४, २०७५  १४:५७
1140x725

काठमाडौं- सेयरको दोस्रो बजार केही समयदेखि अस्थिर बनेको छ। सेयर लगानीकर्ता दाबाब समूह विभिन्न माग राख्दै अनसन बसेका छन्। गएको साताको आइतबारदेखि रिले अनसन बसेका उनीहरुका दुई जना प्रतिनिधिले सोमबारबाट आमरण अनसन नै सुरु गरेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर रूपमा ओरालो लागेपछि अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामासहित पूँजी बजार सुधारको लागि भन्दै १० बुँदे माग राखेर लगानीकर्ता अनसनमा बसेका हुन्।

तर, अनसनरत लगानीकर्ताले ‘पहुँचवाला लगानीकर्ता’ भन्दै अन्य केही लगानीकर्तालाई बजार सुधारको बाधकको आरोप लगाउँदै आएका छन्। बजार सुधारका लागि आमरण अनसनरत तिलक कोइरालाले केही लगानीकर्ता अर्थमन्त्रीको पछि लागेर बजार सुधारको बाधक भएको आरोप लगाएका हुन्। जसकारण आन्दोलनमा सबै लगानीकर्ताको ऐक्यबद्धता नरहेको स्पष्ट हुन्छ।

यता, सेयर लगानीकर्ताको हकहितको लागि भन्दै खोलिएका समूहले पनि जारी आन्दोलनका सबै मागलाई पूर्णरूपमा सहमति जनाएका छैनन्। लगानीकर्ताको छाता संगठन नेपाल इन्भेस्टर्स फोरम र नेपाल पूँजी बजार लगानीकर्ता संघले अहिले लगानीकर्ताले राखेका करिब ९५ प्रतिशत मागमा मात्र समर्थन रहेको बताउँदै आएका छन्। उनीहरुले अर्थमन्त्री खतिवडाको राजीनामा माग्नु निरर्थक भएको बताएका छन्।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘अर्थमन्त्रीको राजीनामा बाहेक अन्य माग जायज छन्। यी माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहने छ।’

यद्यपि आमरण अनसनरत कोइरलाले भने अर्थमन्त्रीसहित ७ जनाको बर्खास्ती नभइकन आफ्नो माग पूरा नहुने बताएका छन्। उनले भने, ‘अर्थमन्त्रीसहित नियामक निकायका मुख्य ७ जनाको बर्खास्ती नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

लगानीकर्ताले अर्थमन्त्रीसहित ७ जनाको राजीनामा मागेका छन्। उनीहरुले अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने र एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत बर्खास्तीको माग गरेका छन्।

यता, जानकारहरुले भने बजार घट्दैमा लगानीकर्ताले आन्दोलन गर्नु नपर्ने बताउँदै आएका छन्। एक जानकारले भने, ‘लगानीकर्ताको काम नियमनकारी निकायले कारोबारलाई प्रभावकारी नबनाएको खण्डमा आपत्ति जनाएर सुसुचित गर्ने हो। घटेको बेला बढाउन आन्दोलन गर्ने होइन।’ उनले सेयरको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्ने तर्क गरे।

nimb
nimb
Ncell 2
Ncell 2

सेयर बजार निरन्तर ओरालो लागेपछि संघीय संसदअन्तर्गतको अर्थ समितिले मंसिर २५ गते अर्थमन्त्री डा युवराज खतिवडाको जवाफ माग गरेको थियो।  जवाफमा मन्त्री खतिवडाले ‘होल्ड’ गर्न सक्ने क्षमता लिएर मात्र सेयर बजारमा लगानी गर्न आग्रह गरेका थिए।

‘१५ दिनको ‘ओभर ड्राफ्ट’ लिएर सेयरमा लगानी गर्यो, बैंकको ब्याजदर बढ्छ, सेयरको मूल्य बढ्दैन। यसले समस्या निम्त्याउँछ। त्यसैले ‘होल्ड’ गर्ने क्षमता राखेर सेयर बजारमा लगानी गर्नुहोस्,’ सेयर बजार व्यापारीक चक्र भएको बताएका मन्त्री खतिवडाले भने, ‘यो चक्रमा जसले धैर्य गर्न सक्छ, उसले नै सफलता हात पार्छ।’

लगानीकर्ताको आन्दोलन अराजक बन्दै गएको प्रति नियामक निकायसँगै सम्बन्धित संस्थाले भने आपत्ति जनाएका छन्। लगानीकर्ताले कारोबार रोक्न धितोपत्र दलाल कम्पनी ‘ब्रोकर’लाई दबाब दिएका छन्। भने आन्दोलनमा राजनीतिक दलको पनि प्रत्यक्ष सहभागिता देखिएको छ।

ब्रोकरलाई लगानीकर्ताको धम्की

सेयर बजारका केही लगानीकर्ताले सेयर ब्रोकर (दलाल) कम्पनीलाई कारोबार नगर्न धम्क्याएको स्टक ब्रोकर एसोसिएसनले जनाएको छ।

ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सोमबार कारोबार भइरहेका बेला ब्रोकर कम्पनीमा लगानीकर्ताले हुलमुल गरेर कारोबार सञ्चालन गर्न नदिएको बताए। उनले भने, ‘सोमबार लगानीकर्ता पुतलीसडक आसपासका ब्रोकर कम्पनीमा गएर कारोबार नगर्न धम्की दिएका थिए। उनीहरुले कार्यालयमा रहेका कम्युटर र मोबाइल पनि तोडफोड गरेका थिए।’

रानाभाटले मंगलबार सेयर कारोबार गरे भौतिक काराबाही गर्नेसम्मको चेतावनी दिएको आरोप लगाए।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै लगानीकर्ताको लागि शेयर कारोबार गरिरहेको अवस्थामा केही व्यक्तिहरुको समूहले ब्रोकर कार्यालयमा आई हुलहुज्जत गरेको प्रति आपत्ति जनाएको छ। साथै ब्रोकरका कर्मचारी र कार्यालयको भौतिक सम्पतिमाथि क्षति गर्ने, धम्क्याउने र हातपातसमेत गर्ने कार्य गरेको भन्दै संघले आपत्ति जनाएको हो।

संघले विज्ञप्तिमार्फत यस्ता समूहबाट व्यवसायीमाथि सांघातिक आक्रमण भई भौतिक तथा मानवीय क्षति हुनसक्ने भएकोले सुचारु रुपले कारोबार सम्पन्न गर्नको लागि व्यवसायीहरुको मुख्य कार्यालय र शाखा कार्यालयमा शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिन नेपाल सरकार समक्ष अनुरोधसमेत गरेका छन्।

लगानीकर्तालाई संयमित हुन बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएका अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। साथै बोर्डले आन्दोलनरत सेयर लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ। 

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान एवम् सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन भएको र समितिले प्रतिवेदन बुझाउने क्रममा रहेको’ जानकारी दिएको छ।

समितिले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवम् स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुने बोर्डले जनाएको छ।

आन्दोलनमा राजनीतिक प्रभाव

पूँजी बजारको सुधारको माग राखेर सेयर लगानीकर्ताहरुको दबाब समूहले थालेको आमरण अनसनमा राजनीति छिरेको छ। लगानीकर्ताको आन्दोलनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पूर्ण समर्थन रहेको जनाएको छ।

सोमबार अनसन स्थलमै पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आन्दोलनमा नेपाली कांग्रेसको संस्थागत समर्थन रहेको स्पष्ट पारेका थिए।

अनसन स्थलमा शर्मासँगै पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी लगायतको समूह पुगेको थियो। तर, लगानीकर्ताले राखेको अर्थमन्त्रीको राजीनामाको माग भने राजनीतिक विषय भएकाले कांग्रेस त्यसमा प्रवेश नगर्ने शर्माले बताएका थिए।

बुधबार बिहान पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महत पनि अनसन स्थलमा पुगेर लगानीकर्ताका मागमा समर्थन जनाए। यसले अनसनमा राजनीति हाबी रहेको स्पष्ट हुन्छ।

यता आन्दोलनलाई नौतिक समर्थन रहेको बताउँदै आएका सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने आन्दोलनमा कुनै राजनीतिक प्रभाव नरहेको दाबी गरेका छन्। ‘लगानीकर्ताको आन्दोलन राजनीतिक स्वार्थको लागि होइन। विपक्षीले सतापक्षको विरोध गर्नु स्वभाभिक हो। यसलाईलाई राजनीतिक हाबी भयो भन्न मिल्दैन,’ उनले भने। 

यस्तै, अनसन सुरु गरेकै दिन राष्टिय जनता पार्टी(राजपा), नेपालले विज्ञप्ति जारी गर्दै समर्थन जनाएको थियो। सो दलका संयोजक राजेन्द्र महतोले सेयर लगानीकर्ता दबाब समूहलाई एक पत्र पठाउँदै ऐक्यबद्धता जनाएका हुन्।

पत्रमा देशको द्रूत आर्थिक विकासका लागि मेरुदण्डको रुपमा रहेको पूँजी बजारमा वर्तमान सरकारको गलत नीति र निर्णयका कारणले सर्वसाधारण लगानीकर्ताको खर्बौं रकम गुम्न गई पूँजीबजार विचलित भएको र देशको सम्पूर्ण अर्थतन्त्र नै प्रभावित हुनसक्ने अवस्थाप्रति राजपा नेपालको ध्यानाकर्षण भएको जनाइएको छ। 

‘सेयर लगानीकर्ता दबाब समूहबाट उठाइएका माग र जारी रिले अनसनप्रति राजपा नेपाल ऐक्यबद्धता जाहेर गर्दछ’, पत्रमा भनिएको छ।

अर्थमन्त्री खतिवडाले बनाएको कार्यदलले के गर्दैछ?

यसैबीच अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका थिए।

उक्त कार्यदलले सोमबार अवेरसम्म बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको जनाएको छ। उक्त प्रतिवेदन आज बेलुकासम्म अर्थमन्त्रीलाई बुझाउने तयारीमा रहेको कार्यदलमा सहभागी एक सदस्यले बताएका छन्।

अघिल्लो बिहीबार नै कार्यदल बने पनि गत सोमबारबाट मात्र काम सुरु गरेको थियो। काम सुरु गरेको एक सातापछि सोमबार रातिसम्म बसेर कार्यदलले प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदनमा लगानीकर्ताको मागलाई प्राथमिकतामा राखिएको जनाइएको छ। 

यता आमरण अनसनरत कोइरालाले भने कार्यदलले तयार पारेको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताएका छन्। उनले भने, ‘मन्त्रालयले गठन गरेको कार्यदलमा राजनीतिक दलका व्यक्तिहरु हावी छन्, त्यसैले कार्यदलले तयार पारेको प्रतिवेदन हामीलाई मान्य हुँदैन।’

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्